Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

विद्युत आपूर्ति समस्याका बारे साझा विवेकशीलको छलफल

सुर्खेत ।
आज नेपाल विद्धुत प्राधिकरण सुर्खेतमा कार्यालय प्रमुखलाई भेटी विद्धुत आपूर्तिको समस्याका कारणहरू बारे साझा विवेकशीलले छलफल गरेको छ । कर्णाली प्रदेशका नागरिकहरूको तर्फबाट भन्दै साझा विवेकशील पार्टी कर्णाली प्रदेशले यहाँका १० जिल्ला मध्ये हाल विद्युत पुगेका जिल्लाहरू सुर्खेत , दैलेख , जाजरकोट , सल्यान र पश्चिम रूकुम जिल्लाहरूका केहि ठाउँहरूमा मात्र पुगेको र ति स्थानहरूमा विद्युत आपूर्ति तत्काल नियमित गर्न र आपूर्तिम भएका समस्यालाई दीर्घकालिन रुपमा समाधानका लागि ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेको छ ।
हाल चालु अवस्थामा रहेको ३३ केभि अझ कमजोर बन्ने स्थिति देखिएको भन्दै कर्णाली प्रदेश सरकार र संघिय सरकारको बेवास्ताका कारण समस्या अझ जटील बन्ने साझा विवेकशीलले ठहर गरेको छ । बजेट उपलब्ध नहुँदा र पटक पटक व्यक्त सार्वजनीक धारणा अनुरुप १३२ केभि प्रसारण लाईन भाषणमा मात्र सिमित रहेकोले र काम शून्य रहेकोले समस्या भएको साझा विवेकशीलको भनाई छ ।

Image may contain: text
कोहलपुर सुर्खेत लाईनमा पोल जंगलवाट ल्याइएको र दुवै तर्फका रूख काट्न आरक्षण भित्र वनको नियम अनुसार मान्छे मार्ने भन्दा जटील भएको पटक पटक कानुनको हवाला दिने मुख्यमन्त्रीको धारणा यस अघि नै सार्वजनिक भैसकेको र कर्णाली प्रदेशका मन्त्रीहरूको निवासमा विद्युत नियमित जस्तै हुने भएकोले प्रदेश सरकारको प्राथमिकतामा १३२ केभि प्रसारण लाईन गौण बनेको उक्त पार्टीका प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले बताउनु भयो । यहि अवस्था रहेमा विद्युत आपूर्ति समस्या समाधान नहुने र अझ समस्या जटिल भन्दै समस्या भन्ने भन्दै समस्या सामाधान तर्फ ध्यान दिन आग्रह गरिएको छ ।

Image may contain: 3 people, people sitting, table and indoor