कर्णाली प्रदेश सरकारलाई कार उपहार
सुर्खेत ।
साझा विवेकशील पार्टीले कर्णाली प्रदेश सरकारलाई व्यङ्यात्मक रुपमा कार उपहार प्रदान गरेको छ । पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई व्यङ्यात्मक रुपमा कार उपहार गर्नुभएको हो ।

पछिल्लो समयमा कर्णाली प्रदेश सरकारले विकास बजेट खर्च गर्न नसकेपछि रकमानान्तर गरेर गाडि किन्न थालेको समाचार बाहिर आएपछि व्यङ्यात्मक रुपमा कार उपहार दिएर सरकारलाई बजेट विकासमा नै लगाउन दबाव दिने उद्देश्यले यस्तो गरेको संयोजक दाहालको भनाई थियो ।
व्यङ्यात्मक रुपमा कार उपहार दिने कार्यक्रममा कर्णाली प्रदेश सरकारले अत्यावश्यक कार्यहरु गर्नु पर्ने तर गाडिको खरिदले मात्र प्रदेश समृद्ध बन्न नसक्ने बताउँदै ध्यानाकर्षण पत्र समेत मुख्यमन्त्री शाहीलाई बुझाइएको छ ।






