Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेतका सह-सचिव गेलाङको मृत्यु

 

भे ८ प ७६०४ नम्वरको मोटरसाइकलमा सवार गेलाङलाई ठक्कर दिने टिपरका चालक फरार रहेको र उसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जनाए।

समाचार संकलनको क्रममा छिन्चुबाट मेहेलकुना तर्फ जाँदै गरेका ३५ बर्षिया पत्रकार गेलाङ लेकबेसी नगरपालिका ७ कल्यान निवासी हुन् ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आज एक विज्ञप्ती जारी गर्दे एकपटक ठक्कर दिएर पुन ब्याक गरि शरिरको माथिल्लो भागमा किचेको स्थानीयले जानकारी दिएको जनाएको छ । अध्यक्ष गणेश कन्चन भारती र सचिव सुदिप पुरीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा फरार चालकलाई खोजी गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।

 

साथै घटनाप्रति पत्रकार महासंघ कर्णाली प्रदेशले समेत शोक विज्ञप्ति जारी गर्दे महासंघले सक्रिय, जुझारु र युवा पत्रकार गुमाएको जनाएको छ । प्रदेश समितिका महासचिव दिपेन्द्र शर्माद्वारा हस्ताक्षरीत विज्ञप्तिमा घटनाको निष्पक्ष छानविन गर्न र दोषीलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ ।

पत्रकार नन्द बहादुर गेलाङ्गको मृत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा क्वीकखबर डटकम समावेदना प्रकट गर्दछ ।