Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णाली प्रदेश सरकारले ल्यायो ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट

असार १ सुर्खेत

आर्थिक वर्ष २०७६/०७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतवार प्रदेश सभामा पेश गरेको बजेटमा कूल विनियोजनमध्ये चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्ट्याइएको छ ।

यसका अलावा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत विद्युत् सुविधा नपुगेका गाउँ बस्तीमा विद्युत् सेवा पुर्‍याउन ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसै गरि छोरी जन्मिए उसको लालन पालन र शिक्षाका लागि २० वर्षसम्म मासिक ५ सय उपलब्ध गराउने घोषणा प्रदेश सरकारले गरेको छ । यस्तै शुरूमा १ हजार रुपैयाँ जम्मा गरिने छ ।

‘छोरीको लालनपालन र शिक्षा दिक्षाको लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली १ हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना ५ सयका दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गर्ने बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु। यस कार्यका लागि रु. ७ करोड बजेट छुट्‍याएको छु,’ बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री ज्वालाले भनेका छन् ।

यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा पनि प्राथमिकताका साथ बजेट छुट्ट्याइएको छ ।

हेर्नुहोस्, बजेटको पूर्णपाठ :