Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

अपांगता भएका व्यक्तिहरूकालागि अपांगता सिप विकास कार्यक्रम

असार २ सिम्ता सुर्खेत

अपांगता भएका व्यक्तिहरूकालागि अपांगता सिप विकास कार्यक्रम अन्तर्गत ७ दिने व्यवसायिक अगरबत्ति तथा बाख्रा पालन तालिम तथा वितरण कार्यक्रम सिम्ता गाउपालिकाको केन्द्र जामुने बजारमा एक काय्र्रक्रम बिच सम्पन्न गरिएको छ । नेत्रहीन संघ सुर्खेत र एन ए वि सुर्खेत परियोजनाको आयोजना र सामाजिक विकास मन्त्रालय कर्णली प्रदेशको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । विभिन्न वडाका दृष्टिविहीन तथा अन्य अपांगता भएका व्यक्तिहरू गरी जनालाई १५ वटा बाख्रा वितरण गरीएको थियो ।

बिरेन्द्रनगर नगर नगरपालिका र सिम्ता गाउपालिकामा ७ दिने व्यवसायिक अगर बत्ति बनाउने तालिम र व्यवसायिक बाख्रा पालन तालिम आयोजना गरीएको थियो । अपांगता भएका व्यक्तिहरूको जिवन स्तर उकास्नकालागि यस किसिमको तालिमको आयोजना गरीएको नेपाल नेत्रहीन कर्णालि प्रदेशका संयोजक शुरेश खडकाले जानकारी दिए संयोजक खडकाले यस्तो सिपमुलक तालिमले अपांगता भएका व्यक्तिहरूको आर्थिक स्तर वृद्वि गर्ने धारणा व्यक्त गरे ।

उनले प्रत्यक्ष रूपमा यसको अनुगमन र निगरानिको जिम्मेवारी गाउपालिका र वडाहरू लिनुर्पो बताए । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले अपांगता भएका व्यक्तिहरूका लागि यस्तो किसिमका कार्यक्रम पहिलो चोटि आएकोमा र सिम्ता गाउपालिमा रहेका अपांगता भएका व्यक्तिहररूका लागि आयमुलक भएको हुदा सिम्ता गाउपालिकाको लागि अवसरको रूपमा आएकोमा स्वागत तथा धन्यवाद ज्ञापन समेत दिईन ।

साथै अपांगता भएका व्यक्तिहरूका लागि सिम्ता गाउपालिकाले सक्दो सहयोग गर्ने र अपांगता भएका व्यक्तिहरूको आर्थिक रूपमा शसक्त बनाउने र आयमुलक सिप विकासमा जोड दिने, अपांगता मैत्री भौतिक संरचना निर्माणमा आफुले पहल गर्ने गरी सिम्ता गाउंपालिकालाई नमुना बनाउने प्रतिबद्वता समेत उनको भनाई थियो । कार्यक्रम बोल्दै सिम्ता गांउपालिका वडा ५ का वडा अध्यक्ष मोहन विसीले अपांगता भएका व्यक्तिहरूले तालिमलाई तालिमा मात्र सिमित नराखि व्यवहारमा समेत उतार्नु पर्नेमा जोड दिनुपर्ने बताए।