Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

ग्राहक भेटघाट कार्यक्रमले ग्राहक र बैंकविचको सम्बन्ध अझ बलियो हुन्छ : शर्मा

असार ३ बाँके (कोहोलपुर) ।

ग्राहक र बैंक बीचको भेटघाट कार्यक्रमले ग्राहक र बैंकविचको सम्बन्ध अझ बलियो र दिगो हुने बताइएको छ । बाँकेको कोहोलपुरमा एभरेष्ट बैंकले आयोजना गरेको ग्राहक बैंक भेटभाट कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक आशुतोष शर्माले यस्तो बताउनु भएको हो ।


ग्राहक को सेवा र सुविधालाई ध्यानमा राखेर विभिन्न प्याकेजहरु संचालन गरिरहेको एभरेष्ट बैंक लिमिटेडले अग्रेजी महिनाको जुन महिनाभरी ‘मुद्धती निक्षेप अभियान’ समेत सुरु गरेको र यस अवधिभरी मुद्धती खाता खोल्ने ग्राहकहरुले साधारण मुद्धती निक्षेप भन्दा ०.५० प्रतिसत वढी ब्याजदर प्राप्त गर्ने सहायक महाप्रबन्धक शर्माले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले बैंक सेवा मुखी बन्न सकेको खण्डमा बैंक प्रति ग्राहकको विश्वास बढ्ने कुरामा आफूहरु विश्वस्त रहेको बताउनु भयो ।

सो अवसरमा सन २०१९ को जुन महिनाभरी मुद्धती खाता खोल्ने ग्राहाकहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

एभरेष्ट बैंक कोहलपुर शाखाका शाखा प्रबन्धक शुवास वुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण एभरेष्ट बैंक लि. शाखरहित बैंकिङ्ग विभागका ज्योति प्रसाद रोकाले गर्नु भएको थियो ।

हाल एभरेष्ट बैंक लिमिटेडले ९२ शाखा, २८ राजश्व संकलन काउन्टर, १ सय १६ ए.टि.एम तथा ४ सय ८३ व्यावसायिक प्रतिनिधिमार्फत नेपालभर सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकसंग प्रत्येक्ष अन्र्तक्रिया गर्ने बैंकको नीति अनुरुप एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखाले एभरेष्ट बैंक लिमिटेडका प्रदेश नं ५ का प्रमुख पुर्ण बहादुर श्रेष्ठको सभापतित्व ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।