Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

सबै मिलि कर्णाली बनाऔंः डिआइजी जोशी

असार १८ सुर्खेत ।

कर्णाली प्रदेश प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले सबै मिलेर कर्णाली बनाउनु पर्ने बताउनु भएको छ । काठमाडौंबाट सरुवा भई यही असार ९ गते सुर्खेत आइपुग्नु भएका कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जोशीले पत्रकारसँगको भेटघाटमा यस्तो बताउनु भएको हो ।


कर्णाली प्रदेशमा सुरक्षा चुनौतिका विषयमा समेत छलफल गर्दै डिआइजी शाहले मान्छे बेरोजगार भएमा हत्या हिंसामा संलग्न हुने भएकोले मान्छेलाई रोजगार आवश्यक भएको बताउनु भयो । केवल नेपाल सरकारले प्रदान गर्ने रोजगारको भर पर्नु भन्दा पनि स्वरोजगारमा लाग्नु पर्ने उहाँको धारणा थियो । ‘कर्णाली कृषि पेशाका लागि समेत उन्नत भूमि भएकोले बेरोजगार जनशक्तिलाई त्यसतर्फ लाग्न सबै तह र तप्काबाट प्रोत्साहन हुन जरुरी छ’ डिआइजी जोशीको भनाई थियो ।
लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरणका साथै सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त राख्नु आफ्नो कर्तव्य र जिम्मेवारी भएकोले त्यस तर्फ ध्यान केन्द्रित गरेरै सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने डिआइजी जोशीले बताउनु भयो ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेश प्रमुख एसपी बिमल बस्नेतले सवारी साधनको व्यवस्थापन कुनै कसर बाँकी नराख्ने बताउनु भयो । आजकै मितिदेखि ट्राफिकले सवारी साधनहरुबाट लिने जरिवाना नगदमा नलिई बैंक मार्फत लिने गरेको बताउनु भयो ।