Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

पत्रकारमाथि दुव्र्यवहार

असार १८ सुर्खेत |

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता सस्थाका वारेमा सार्वजनिक भएका घटनाक्रममाथि समाचार संकलन गर्न गएका तीन जना पत्रकारलाई संस्थाका कर्मचारीहरुले दुव्र्यवहार गरेका छन् । देउती एचडी टेलिभिजनमा कार्यरत पत्रकार बुद्धिसिंह ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई अध्यक्ष कूलमणि देवकोटासहितका कर्मचारीले हातपात गर्दै दुव्र्यवहार गरेका थिए । उक्त दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घटना नदोहो×याउन आग्रह गरेकोछ ।

अध्यक्ष गणेशकञ्चन भारती र सचिब सुदिप पुरि द्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलन गर्ने क्रममा गरिएको दुव्र्यवहारले प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप र नागरिकले सूचना पाउने अधिकार बञ्चित गराउन खोजिएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न भनिएको छ ।