विश्व नेपाली साहित्य महासंघले मनायो भानु जयन्ती : नयाँ कार्यसमितिको सपथ ग्रहण सम्पन्न
सुर्खेत
विश्व नेपाली साहित्य महासंघले आदिकवि भानुभक्त आचार्यको २०६ औं भानुजयन्ति विभिन्न रचनाहरु वाचन गर्दै आदिकविको चर्चा र परिचर्चा गर्दै मनाएको छ । संस्थाले विश्वका विभिन्न देशमा रहेका साहित्यकारहरुले अनलाइन मार्फत भानुजयन्ति मनाएको हो । अनलाइन मार्फत विश्वका विभिन्न देशहरुमा रहनु भएका साहित्यकारहरुले आदिकवि आचार्यले नेपाली साहित्य र भाषाका क्षेत्रमा दिएको योगदानको चर्चा गर्नुभएको थियो ।

आदिकवि भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको चर्चा गर्दै संस्थाका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेले संस्था स्थापना भएको १० वर्ष लागेको बताउँदै अब संस्थालाई विकास तर्फ अगाडि बढाउने बेला भएको बताउनु भयो ।
कार्यक्रम संस्थाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा भएको थियो भने सहजीकरण संस्थाका महासचिव केदार संकेतले गर्नुभएको थियो । अध्यक्ष लिम्बुले संस्थाका पुराना शाखाहरुलाई अझै सक्रिय बनाउँदै लैजाने र नयाँ शाखाहरु समेत विस्तार गर्ने बताउनु भयो ।
यसैगरि विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिका पदाधिकारीहरुले भानुजयन्तिकै अवसरमा पद तथा गोपनीयताको सपथ ग्रहण समेत सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक कृष्णप्रकाश श्रेष्ठले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
सन् २०१९ देखि २०२२ सम्मका लागि यही असार २५ गते घोषणा भएको नयाँ कार्यसमिति सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा चयन भएको थियो । समितिको भानु जयन्ती २०६७ संरक्षक रहेको यस समितिको वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ काफ्ले (ताईवान), उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका,) सावित्रा लुइँटेल घिमिरे (इजरायल) महासचिव केदार संकेत (अफगानिस्तान), सचिव सुनिता राई कन्दङ्वा (इजरायल), आर्थिक सचिव खगेन्द्र अधिकारी ‘अमृत’ (नेपाल), संगठन सचिव हरि सिवाकोटी (क्यानडा), साहित्य संचार संयोजक रमेश कँडेल (नेपाल) रहनु भएको छ । यसैगरि केन्द्रिय सदस्यहरुमा विजय हितान मगर (युके), राहुल राई बोगिको (मणिपुर), लक्ष्मण न्यौपाने (म्यान्मा), आर. एल. श्रमजीवी (बेल्जियम), मोहनराज खनाल (म्यान्मा), कल्पना पौडेल (नेपाल), दिलिप राई सगर (मलेसिया), अमित चाम्लिङ (कुवेत), बगाले क्षेत्री (साउदी), के बी पौडेल (नेपाल), नवराज पोख्रेल (रोमानिया), ममता तामाङ
(भुटानरअमेरिका) र भुवन रोका (जापान) रहनु भएको छ । साथै विश्व नेपाली साहित्य महासंघले भानु जयन्तीकै अवसरमा डा. मनमूर्ती भुर्तेल रसियालाई केन्द्रिय समितिको सदस्यमा मनोनीत गरेको छ ।
कृष्णप्रकाश श्रेष्ठ (रसिया), प्रा. डा. भीम खतिवडा (नेपाल), प्रा. डा. कविता लामा (भारत), डा. मधु माधुर्य (अमेरिका), विश्वासदीप तिगेला (बु्रनाई) र सागर श्रेष्ठ (नेपाल) विश्व केन्द्रिय समितिको सल्लाहकारमा चयन हुनु भएको थियो ।
निर्वाचन समितिको संयोजकको तर्फबाट श्रेष्ठले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।






