Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

मप विश्वविद्यालय सिनेटमा कूलपति बोलेनन्, काँग्रेस समर्थक सिनेट सदस्यलाई खबरै गरिएन

काठमाडौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सिनेट (साधारण सभा) काठमाडौंमा आज सम्पन्न भयो । नेपाल सरकारका प्रधानमन्त्री विश्वविद्यालयको कूलपति रहने प्रावधान भएकोले कूलपतिलाई सहज बनाउने योजनाका साथ लाखौ रकम खर्चेर काठमाडौंमा गरिएको सिनेटमा कूलपति केपी शर्मा ओलीले भने आफ्नो मन्तव्य राखेनन् । तोकिएको समय भन्दा करिब एक घण्टा ढिलो गरि आएका प्रधानमन्त्री पार्टी सचिवालयको बैठक भन्दै बताउँदै नबोलीकन बाहिरिएको एक सिनेट सदस्यले बताए । यता नेपाली कांग्रेसमा आस्था राख्ने सिनेट सदस्यलाई भने सिनेटमै नबोलाएको खुल्न आएको छ ।

Image may contain: 3 people, people sitting
साधारणसभामा वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदी र गुलरिया नगरपालिकाका प्रमुखलाई बोलाइएन । काम विशेषले काठमाडौंमा नै रहेका नगर प्रमुख सुवेदी आफुले साधारण सभा हुँदै भन्ने कुरा मिडियाबाट सुनेको बताए । ‘म नगरपालिकाको मेयरको हैसियतले सिनेट सदस्य भएको हुँ,’ उनले भने, ‘के कति कारणले हो मलाई खबर गरिएन ।’

उनले उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला तथा निमित्त रजिष्ट्रार यामबहादुर कार्कीले राजनीतिक पूर्वाग्रह राखेर नबोलाएको हुनसक्ने बताए । ‘हामी विश्वविद्यालयलाई प्राज्ञिक थलोका रूपमा विकास गर्न चाहन्छौं,’ उनले भने, ‘विश्वविद्यालय ऐनमा नै सिनेट सदस्य भइसकेपछि तीन वर्षे कार्यकालको स्पष्ट व्यवस्था उल्लेख छ । तर के कारणले उहाँहरुले विधान मिच्नु भो हामीलाई जानकारी नै छैन ।’