शहिदको स्मृतिमा वृद्धवृद्धाहरुलाई फलफूल वितरण
सुर्खेत ।
शहिद यामबहादुर बिसीको चौथो वार्षिक पुण्य तिथिका अवसरमा वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको छ । शहिद याम बहादुर बिसीका परिवारले वीरेन्द्रनगर ८ मा रहेको वृद्ध सेवा केन्द्र सुर्खेतद्वारा संचालित जेष्ठ नागरिक दिवा स्याहार केन्द्रमा रहेका ५५ जनालाई फलफूल वितरण गरिएको याम बिसी स्मृतिा प्रतिष्ठानका सचिव एवम् शहिद याम बहादुर बिसीकी बहिनी भगवती बिसीले जानकारी दिइन ।

कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर ७ का यामबहादुर बि.सी.लगायत टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको ज्यान गएको थियो ।

शहिद यामबहादुर बिसीका सपनालाई साकार पार्नका लागि शहिद परिवारको संलग्नतामा याम बिसी स्मृति प्रतिष्ठान संचालन भइरहेको छ । वृद्धवृद्धाहरुलाई भोजन तथा फलफूल वितरण गरेर आफ्नो छोराको मृतआत्माको चीरशान्तिको काम गरेको शहिद याम बहादुर बिसीकी आमा बाली बुढाको भनाई छ ।






