उपभोक्ताको अधिकार माथि खेलवाड गर्न पाइँदैनः उपप्रमुख ढकाल
सुर्खेत, १२ साउन ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले उपभोक्ताको अधिकार माथि खेलवाड गर्न नपाइने बताउनु भएको छ । कसैले उपभोक्ताको अधिकारलाई कुल्चन खोजे कानून बमोजिम कडा कारवाही गरिन्छ उहाँको कथन थियो । उपभोक्ता सचेतना गराउँदै खाद्यवस्तुमा मिसावटमा कमी ल्याउने उद्देश्यले सचेतना सम्बन्धि कार्यक्रम गरेको आयोजककाके भनाई छ ।

उपभोक्ता हित संरक्षण सम्वन्धी वीरेन्द्रनगरमा आइतबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले उपभोक्ता हकहित संरक्षण अब स्थानिय तहले आफ्नो ऐन बमोजिम संरक्षण गर्ने उपप्रमुख ढकालको भनाई थियो ।
‘म्याद गुज्रेका, प्याक नगरिएका तथा कम गुणस्तर भएका खाद्य पदार्थ विक्री गरेर उपभोक्तालाई ठगि गर्न मिल्दैन ।’ उनले भनिन, ‘स्वास्थ्य खान पाउनुपर्ने नागरिकको मौलिक हक भएका कारण नगरपालिका अब अनुगमनलाई तीव्रता दिन्छ र मौलिक अधिकारलाई कार्यान्वयनमा अघि बढछ ।’
यसका लागि सबै सरोकारवाला निकायको सहयोगको आवश्यकता रहेको उपप्रमुख ढकालको भनाई छ । ‘उपभोक्ताले पनि सचेत हुन जरुरी भइसकेको छ ।’ उनले भनिन, ‘उपभोक्ताको हक हित संरक्षण गर्न सबै सरोकारवाला निकायको सहकार्य, समन्वय हुन आवश्यकता छ ।’ उनले अन्य देशबाट आयात गर्नु भन्दा पनि नेपालमै कृषिजन्य पदार्थ उत्पादन गरेर अघि बढनुपर्ने उनको धारणा छ । उनले विषादी प्रयोग गरेको तरकारी तथा जंकफुड खान नहुने बारे उपभोक्तापनि सचेत रहनुपर्नेमा जोड दिईन ।
खाद्यमा भएको मिसावटले विभिन्न दीर्घरोगहरु लाग्ने समस्यालाई न्यूनिकरण गर्नु सबैको दायित्व भएको सहभागीहरुले बताएका थिए ।






