Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

विरामीलाई उपचार खर्च सहयोग गर्दै जयन्ती

सुर्खेत ।
अमेरिकामा बस्दै आएकी सुर्खेती चेली जयन्ती थापा पछिल्लो समय विरामी परेकाहरुलाई सहयोग गर्दै आइरहेकी छन् । विभिन्न असहाय बालबालिका तथा बृद्धबृद्धा तथा आपतकालिनहरुको सेवामा तल्लिन रहने जयन्तीले सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि १५ हजार रुपैयाँ सहयोग अमेरिकाबाटै पठाइदिएकी छन् ।

 

बोनम्यारो रोगका कारण उपचारका क्रममा काठमाडौंमा रहेका पत्रकार शर्मालाई उपचारका लागि १५ लाख बढि रकम लाग्ने बताइएपछि उनको उपचारका लागि यति बेला चौतर्फी रुपमा आर्थिक सहयोग संकलन भइरहेको छ । बोनम्यारो सम्बन्धि समस्याबाटपिडित पत्रकार डिलप्रसाद शर्मा उपचारकालागि सिभिल हस्पिटल काठमाडौको बेड न १५६ मा भर्ना भएका छन्।

बोनम्यारोको उपचार गराइरहेका शर्मा

यसैगरी केही दिन अगाडि रुकुम आठबीसकोट १४ निवासी गणेश मल्ल पनि दुबै मृर्गौला फेल भई उपचारको क्रममा छन् । मल्लको उपचारका लागि आर्थिक अभाव भएकोले मल्लको परिवारले भए भरको सम्पत्ति सकिसकेको छ । तर पनि उनलाई उपचार खर्चको अभाव भने जस्ताको त्यस्तै छ । इन्द्रेणी कार्यक्रममा यस्तो थाह पाएपछि मनकारी जयन्तीले आफ्नो मन थाम्न सकिनन् र मृगौला पीडितको उपचारमा सहयोग होस् भन्ने हेतुले ११ हजार १ रुपैयाँ अमेरिकाबाटै सहयोग गरिन् ।

Image may contain: one or more people and beard
मृगौलाको उपचार गराइरहेका मल्ल

कलिलो उमेरका मान्छेहरु यस्तो भयानक रोगबाट पीडित हुँदा देश कसरी बलियो हुन सक्छ त्यसैले उनीहरुलाई बचाउनका लागि सबैले आ–आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्नुपर्छ भन्छिन् जयन्ती थापा । शर्मा र मल्ललाई मात्र होइन उनले धेरै क्षेत्रमा सहयोग प्रदान गरेकी छिन् । एउटा असल छोरीको रुपमा चिनिएकी जयन्ती पराइको भूमिमा रहेर पनि मन स्वदेशमै राख्ने भएकोले पनि उनका प्रशंसकहरुको ताँती लाग्ने गरेको छ । जयन्ती थापा भन्छिन्, ‘विरामीहरुको स्वास्थ्य पूर्ण रुपमा स्वस्थ बन्न सकुन् भगवानसँग यही कामना गर्दछु ।’