Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

मोटरसाइकल दुर्घटनामा मृत्यु

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बाँस्पानी मोड बेलौतीघारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।

गुराँस गाउँपालिका–५ कान्छीबजारबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु ५० प ८५५७ नम्बरको मोटरसाइकलमा सवार २७ वर्षीया मनिषा वंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रवक्ता प्रदीपबहादुर क्षत्रीले जानकारी दिए ।

मृतकको टाउकोमा नै चोट लागेकाले घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी क्षेत्रीले बताए । उनका अनुसार मृतकका पति डिलबहादुर वंशीको अवस्था सामान्य रहेको छ । घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।