Loading... आजः ४ बैशाख २०८३, शुक्रबार । Friday 17th April 2026
ताजा खबर
  

मुख्यमन्त्री वोल्दै गर्दा वम विष्फोट

सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको वेला कार्यक्रम स्थल नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिनुभयो ।

सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाही सहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्धेश्यले अराजक समुहले वम विष्फोट गराएको वताउनुभयो । त्रास श्रृजना गर्ने उद्धेश्यले वम विष्फोट भए पनि मुख्यमन्त्रीज्यू सरिक हुने पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरणाको पर्यटन प्रवद्र्धनका लागि भईरहेका पुर्वाधार निर्माणका कामहरुको अनुगमण गर्न मंगलवार पचालझरणा पुग्नुभएको थियो । मुख्यमन्त्री शाही कालिकोट गएको वेला यसअघि पनि वम विष्फोटको घटना भएको थियो ।

मुख्यमन्त्री शाहीका स्वकीय सचिव सिंहले मुख्यमन्त्री शाहीको लोकप्रियता देखि आत्तिएको अराजक समुहद्धारा भईरहेका यस्ता क्रियाकलापहरु निन्दनिय रहेको वताउनुभयो । विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।