Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

लाटीकोईली स्वास्थ्य चौकीमा चिकित्सकिय सेवा शुरु

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका ९ नं वडामा रहेको लाटीकोइली स्वास्थ्य चौकीमा आजबाट चिकित्सक बाट चेकजाँचको सेवा तथा २४ सै घण्टा आकस्मिक सेवाको शुभारम्भ भएको छ ।


कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य सचिव केवलप्रसाद भण्डारीले स्थानियस्तरबाट स्वास्थ्य चौकीमा नियमित चिकित्सक तथा आकस्मिक सेवा शुरु गर्नु नै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले स्वास्थ्यको सवालमा सबै नागरिक सचेतहुन जरुरी रहेको मुख्य सचिव भन्नुभयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले लाटीकोइली स्वास्थ्य चौकीलाई १५ शैयाको बनाउनकालागि निर्णय भैसकेको र नक्सा लगाएतका अन्य पूर्वाधार विकास बारे सम्वन्धित निकायले काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा हाडजोर्नी रोग विषेशज्ञ डा. शुभ श्रेष्ठले आफ्नो जिल्ला अझ त्यसमा पनि आफै वडा घर नजिकको स्वास्थ्य चौकीमा नियमित चिकित्सक सेवाले उत्साह थपेको र आफ्नो तर्फबाट महिना १ पटक विषेशज्ञ सेवा दिन आफू तयार रहेको बताउनुभयो ।

त्यस्तै डा. कृष्णदेव गिरीले आफ्नै जिल्लामा लाटीकोईली स्वास्थ्य चौकीबाट चिकित्सकिय सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा ९ नं वडाका अध्यक्ष सुरेश मानन्धरले वडावासीको माग ध्यान दिँदै वडा कार्यालयको पहलमा लाटीकोइली स्वास्थ्य चौकीमा नियमित चिकित्सकिय चेकजाँज तथा आकस्मिक सेवा शुरु गरेको बताउँदै उहाँले स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य चौकीका प्रमुख धनप्रसाद देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय समाजसेवी डम्मरविक्रम जिसी, ध्रुवकुमार श्रेष्ठ, नेकपाका ऋृषि गिरी राजेन्द्र बुढा, सुरेन्द्र विसी नेपाली काँग्रेसका कालिप्रसाद शाक्यले शुभकामना मन्तव्य राख्नुभएकोथियो ।