संविधानको प्रस्तावनामा ‘कल्याणकारी उदारवाद’ राख्न राप्रपा संयुक्तको माग
काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले नेपालको संविधानको प्रस्तावनामा उल्लेख गरिएको ‘समाजवाद उन्मुख’ भन्ने वाक्यांशलाई हटाएर ‘कल्याणकारी उदारवाद’ भन्ने वाक्यांश राख्नु पर्ने धारणा व्यक्त गरेका छन ।
मंगलबार भएको अन्तक्र्रिया कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्ष जबराले भने, ‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल बनेको र यसको मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो ।’ यसै कारण वैदेशिक लगानीमा कमी आएको हो । उनले संविधानमा जबसम्म समाजवाद उन्मुख भन्ने शब्द राखिन्छ तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नआउने दाबी गरे । संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्य हटाई कल्याणकारी उदारवाद राखिनुपर्ने उनको तर्क थियो ।
अन्तक्रियामा राप्रपा (संयुक्त)का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश सिध्याउने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए । त्यस्तै, परराष्ट्र विज्ञ डा। निश्चलनाथ पाण्डेले सरकार व्यावहारिक व्यवस्थापन भन्दा प्रचारमा केन्द्रित रहेको आरोप लगाए । अन्तरक्रियामा अर्थशास्त्री सुबोध नारायण झाले मुलुकमा भत्ता खाने सरकार भए पनि जनताको सरकार नभएको जस्तै आभाष हुने गरेको तर्क गरे । त्यस्तै, व्यवस्थापन विज्ञ शिव अधिकारीले मुलुकको अर्थतन्त्र तथा व्यापार घाटा भयावह रहेको हुँदा यस विषयमा सरकार संवेनदशील हुनुपर्ने बताए ।
गोष्ठिमा परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले भने, सरकार व्यावहारिक व्यवस्थापन भन्दा प्रचारमा केन्द्रीत छ । चावहिल–वौद्ध तीन किलोमीटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौं । रेलमार्गसँग आवश्यक सुरक्षा, व्यवस्थापन, अध्यागमन जस्ता महत्वपूर्ण पक्षबारे कतै चर्चा र तयारी छैन । नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस् भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटीलताका कारण देश छोडेर गएका छन् । हामी व्यावहारिक हुन नसक्दा नेपालको समृद्धि र र विकास दिवास्वप्न साबित भएको छ । छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टीको सफलताको उदाहरण प्रस्तुत गर्दै सम्बोधन कै क्रममा डा।पाण्डले परम्परागत मूल्य–मान्यतामा अडिग कन्जरभेटिव शक्तिको नेपालमा पनि आवश्यकता र स्थान रहेको जिकिर गरे ।
त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र विभागका पूर्वप्रमुख प्रा।सुबोध नारायण झाले देशमा सरकार नै नभएको अवस्थामा असाधारण परिवर्तन आवश्यक रहेको बताए ।भत्ता खाने सरकार छ तर जनताको सरकार छैन । जन निर्वाचित सरकार छैन । एक करोड युवा विदेशमा छन्, तिनलाई मतदान गर्न वञ्चित गरेर बनेको सरकारले भ्रष्टाचार र विसंगतिको ढेर लगाएको छ । त्यसकारण देशलाई भ्रदगोलबाट उन्मुक्ति दिन असाधारणा कदम आवश्यक भएको छ । जनता अब चुप लागेर बस्नेवाला छैनन् । परिवर्नतका लागि ठिक समय आएको छ, उन्मुक्तिको उच्च आवश्यकता छ प्रा। झाले भने ।गोष्ठिमा व्यवस्थापन विज्ञ शिव अधिकारीले भने, अर्थतन्त्र, व्यापार घाटा भयावह छ । यस अवस्थामा हामी संवेनदशील हुन जरुरी छ । समाजवाद र समृद्धि भन्नेहरुले पनि नेपालको समृद्धी, विकास यही बाटोबाट प्राप्त हुन्छ भन्न सकेका छैनन् । आर्दशले मात्र हुँदैन, व्यावहारिक निकास आवश्यक छ तर यतातिर ध्यान गएको छैन । यही नै विडम्बना हो ।






