हरि विष्टको ‘माइतीको देश -२’ बजारमा

( भिडियो सहित)

सुर्खेत
नेपाली गीत संगीतको क्षेत्रमा हरि विष्ट कुनै नौलो नाम होइन । कलाकारिताले समाज बदल्छ भन्ने सोचका साथ नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका विष्टले अहिलेको तीजको कोसेलीको रुपमा माइतीको देश २ बजारमा ल्याएका छन् । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिन थालेको छ । सुर्खेती सर्जक हरि विष्ट नेपाली गीत संगीतको क्षेत्रमा ख्याति कमाउन सफल कलाकार हुन् ।


गतवर्षको तीजमा विष्टकोे माइतीको देश १ ले बजार निकै तताएको थियो । यसपालि ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा ल्याएका हुन् । शब्द संयोजनदेखि संगीत र छायाँङ्कनमा समेत स्तरीय प्राविधिक कार्य भएको गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ । हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन् । गंगामाला फिल्म्सको प्रस्तुतीमा  सम्झना एल्बमको माईतिको भाग-१३ अन्तर्गत माईतिको देश- २  विष्टले बजारमा ल्याएका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् । राष्ट्रियस्तरका विभिन्न अवार्डहरु प्राप्त गरिसकेका विष्टको यो गीतले पनि संगीतको क्षेत्रमा ख्याति कमाउने विश्वास संगीतकर्मीहरुले गरेका छन् ।

 भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *