आँखा अस्पताल परिसरमा वृक्षारोपण
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको आँखा अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले उपलब्ध गराएका १ सय ५० वटा सुनकाउली तथा कपुरका बोट लगाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ वडा कार्यालयको समन्वय तथा विङ्स फाउण्डेशन, नेपाली सेना, नेपाल प्रहरी तथा जीवन विज्ञापन, नेपाल रेडक्रस सोसाइटी तथा वडा नं. ६ का विभिन्न टोल विकास संस्थाको सहकार्यमा वृक्षारोपण गरिएका ६ नं. वडा कार्यालयका सामाजिक परिचालक एवम् कम्प्यूटर सहायक रेखा केसीले क्वीकखबरलाई जानकारी दिइन ।

वृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, ६ नं. वडाका वडा अध्यक्ष मोतिप्रसाद कंडेल, विङ्स फाण्डेशनका अध्यक्ष डा. नवराज केसी, ६ नंं का वडासचिव उत्तम अधिकारी, कर्ण थापालगायतको उपस्थिति रहेको थियो ।

यसैगरि वडा नं. ६ कै आयोजनामा आँखा अस्पतालको पश्चिम तर्फ रहेको पिपलचौतारी जाने बाटोमा निर्माण गरिएको आइल्याण्ड ग्रिनरीमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्ले चाइनिज दुबोसमेत रोपिएको थियो ।









