Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

रविको समर्थनमा प्रदर्शन

सुर्खेत ।

चचित पत्रकार रवि लामिछानेको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन भएको छ । सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या गर्न दुस्सान गरेको अभियोगमा पक्राउ परेका लामिछानेको समर्थनमा बिहीबार वीरेन्द्रनगरमा शान्तीपूर्ण प्रदर्शन गरिएको हो ।

Image may contain: 3 people, people standing, people walking and outdoor
सुर्खेत वीरेन्द्रनगरको मंगलगडी चोकबाट शान्तिपूर्ण ¥याली निकाल्दै बजार परिक्रमा गरि पिपल चौतारामा कोण सभामा परिणत भएको थियो ।

कोण सभा कार्यक्रमा आन्दोलनका नेतृत्वकार दिनेश घर्तिले योजना बद्ध तरिकाले पत्रकार रवि लामिछानेलाई फसाउन खोजीएको भन्दै तत्काल सत्य तथ्यको छानबिन नभए सम्म आन्दोलन जारी रहने बताए ।

उनले आन्दोेनल कसै व्यक्ति र राज्यको सँग नभई न्यायको लागि भएको बताए । न्याय नपाए सम्म निरन्त रुपमा आन्दोलन अघि बढाउने उनको भनाई थियो । आन्दोलनमा रबि लामिछानेका सयौँ शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।