कम्यूनिष्टले जनता चिनेनन् : नेता पौडेल
सुर्खेत ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्यूनिष्टहरुले जनता नचिनेको बताएका छन् । ‘कम्यूनिष्ट सरकारले देशको विकासको लागि कुनै पनि भिजन दिन नसकेको बताउँदै उनले भने, ‘सत्तामा बसेर कुनै पनि राम्रो काम गर्न सकेका छैनन् । चुनावमा जनताले कम्यूनिष्टलाई पत्याए तर अहिले कम्यूनिष्टले जनता चिनेन् ।’ सत्तामा पुगेर जनता बिर्सनेहरुलाई जनताले आउँदो चुनावमा नसम्झिने उनले दाबी गरे ।

उनले भने, ‘कम्यूनिष्टले सत्ताको दुरुपयोग गरे ।’ कम्यूनिष्टहरु सत्तामा गए देखि नै सत्ताको चरम दुरुपयोग गर्दै आएको नेता पौडेलले बताए । बिहीबार नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

अहिले कम्यूनिष्टका नेताहरु ठूला ठूला काण्डमा मुछिएको भन्दै पौडेलले जनताको भरोसाको केन्द्र काँग्रेस मात्र भएको बताए । ‘काँग्रेस अतित वर्तमान र भविष्य सबैको बारेमा सोच्छ । मुलुकका सम्भावना के छन् । काँग्रेसले हेर्छ ।’ उनले भने, ‘कम्यूनिष्टले अहिले भएका कामको भाषण बाहेक केहि गर्न सकेनन् । प्रतिपक्षलाई दमन गर्न लागे । अधिनायकवाद निरङ्कुशता तर्फ लागे ।’ उनीहरुले भाषण गरे झैँ विकास गरेको भए देश समृद्धि बन्ने थियो तर काम गर्न नसक्नेहरुले भाषण गरेर जनताको आँखामा छारो हाले । अहिले त्यो छारो निकाल्न जनतालाई धौ–धौ परेको नेता पौडेलको भनाई थियो ।

‘२ दिनको प्रशिक्षणले पार्टीलाई सहि बाटोमा डो¥याउने छ । पार्टीमा राम्रो एकता हुनेछ ।’ उनले थपे, ‘प्रशिक्षणले सैदान्तिर र व्यवहारिक रुपमा पार्टीलाई अघि बढाउने छ । राजनीतिलाई सम्मानित बनाउन केन्द्रित हुनेछ ।’ पार्टी भित्र गुट उपगुट नभनेर एउटै काँग्रेस भनेर लाग्न सबै नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।
यस्तै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र नीधिले सरकार संहियता विरोधी भएको बताएका छन् । ‘सरकारले प्रदेशले पाउने अधिकार दिएको छैन ।’ उनले भने, ‘संविधान विरोधी काम गरिरहेको छ । व्याक्ति केन्द्रित काम गरिरहेको छ । त्यसैले संविधानको दिर्घायू काँग्रेसले मात्र गर्न सक्छ ।’
प्रशिक्षण पछी आगामि चुनाव, उपचुनाव, महाधिवेशन, पार्टीका बिचार धाराहरु आ–आफ्नो क्षेत्रका जनताहरुलाई बुझाउन तयार हुनु नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।
यस्तै सह–महामन्त्री डा. प्रकाश शरण महतले सरकारमा हुँदा काँग्रेसले कम्यूनिष्ट भन्दा धेरै राम्रो काम गरेको बताए । विकास र सम्भावनाको खानी रहेको कर्णाली प्रदेशलाई काँग्रेसले प्राथामिकतामा राखेको छ । उनले भने, ‘प्रशिक्षणले नेता कार्यकर्ताहरुले पार्टीको बिचार धारालाई व्यापक रुपमा जनताको माझ फैलाउनु हुनेछ ।’
अहिले सरकार एक भन्छ एक गर्छ । उनले थपे, ‘देश हैन पार्टीलाई समृद्ध बनाउन लागिरहेको छ । कानुन विपरित चलिरहेको छ । देशमा जब सम्म कम्युनिष्ट हावी भइराख्छन् । तब सम्म देश समृद्ध हुन सक्दैन् ।’
यस्तै पार्टीका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको बिचार शैली अव सयम अनुसार परिवर्तन गर्दै वृहत एकताका साथ अघि बढ्नुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संसदिय दलका नेता जीवन बहादुर शाही, केन्द्रिय सदस्य हृदयराम थानी, प्रतिनिधि सभा सदस्य रंगमति शाहीले इतिहाँसलाई भजाएर मात्रै पार्टी नहुने भएकाले वर्तमान काँग्रेस हेरेर कामहरु अघि सारिनुपर्ने बताए ।
दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रमहरु, सुधारका पक्षहरुमा केन्द्रित रहने बताइएको छ । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु सहभागी भएका छन् । प्रशिक्षणको आज समापन सभापति शेरबहादुर देउवाले गर्ने काँग्रेसले जानएको छ ।
काँग्रेसले यस अघि गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम गरिसकेको छ । प्रदेश स्तरिय प्रशिक्षण पछि जिल्ला स्तरिय, निर्वाचन क्षेत्र स्तिरीय प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने काँग्रेसले बताएको छ ।






