Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

खोला संरक्षणमा जुटे स्थानीय

सुर्खेत ।
सुर्खेत उपत्यकाबासी वीरेन्द्रनगर वडा नं २ र ९ को सीमाना भएर बग्ने निकास खोलाको संरक्षणमा जुटेका छन् । विषादी प्रयोग गरेर तथा करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि स्थानीयले खोलाको जैविक विविधता संरक्षणमा अग्रसरता देखाएका हुन् । निकास खोला संरक्षणसम्बन्धी कार्यक्रममा अभियन्ता बखतबहादुर शाहीले विषादी प्रयोगले जनावरलाई समेत असर पुगेको बताए । ‘निकास खोलाको जैविक विविधताको संरक्षण गरी पर्यटकीय स्थानको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं, उनले भने, ‘विषादी प्रयोग गर्ने करेन्ट लगाउने काम पूर्ण रुपले बन्द गरेर ‘फिसिङ जोन’का रुपले निकास खोलालाई चिनाउन चाहान्छौं ।’

Image may contain: 3 people, people smiling, people standing, tree, plant, outdoor and nature
सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव लक्ष्मण कँडेलले निकास खोलालाई अर्गा्निक माछा उत्पादनको केन्द्र बनाउन स्थानीयलाई सुझाव दिए । निकास खोला उपत्यकामा बग्ने खोर्केखोला, इत्राम खोला, नेवारे खोलाहरुको एकमात्र निकासद्वार हो । नौलो सुधारवादी र आदर्श सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुले संरक्षणमा अग्रसरता देखाएका छन् ।

Image may contain: 8 people, including Upendra Khadka, people standing and outdoor
डिभिजन वन कार्यालय सुर्खेतले रैथाने माछाको संरक्षणका लागि वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन आर्क्षित हुने हुँदा आवश्यक निगरानीसहित संरक्षणमा जुट्न सामुदायिक वन उपभोक्ता समूहलाई अनुरोध गरिसकेको छ ।