Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

हरि विष्टको लगातार ह्याट्रिक

सुर्खेत ।
छैंठौ छांया छबि तीज अवार्डमा हरि विष्टको तीज गीतले लगातार ६ बर्ष डबल ह्याट्रिक गरेको छ । ‘माईती देश २ ले यस बर्ष पनि लय शब्द विष्ट सहित गायिका टिका पुन, भिडियो सम्पादन प्रबिन भट्ट र नृत्य निर्देशक मौसम हिमाली लगायतले ४ वटा अवार्ड जित्न सफल भए ।

Image may contain: 4 people, people smiling, people standing

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६का अवसरमा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

Image may contain: 1 person, standing
३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी के।सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

Image may contain: 16 people, people sitting
जस अनुसार उत्कृष्ट तीज दोहोरी मिक्सिङ अर्जुन बिरही गंगा जमुना, उत्कृष्ट तीज गीत मिक्सिङ सन्तोष पौडेल रे पटम भरर, उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर, समित परियार ढल्की ढल्की, उत्कृष्ट तीज गीत एरेञ्जर, योगेश काजी तीजैमा ब्रत बसी, उत्कृष्ट तीज दोहोरी गीत नव–गायक, चित्र अविरल श्रीपाली गंगा जमुना, उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका, शशी पुन देशार फरीयाले एवार्ड प्राप्त गरेका छन् ।