Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

राजस्व संकलन वृद्धि

सुर्खेत २० भाद्र ।
सुर्खेतका व्यवसायीहरुले पछिल्लो समय परिवर्तित कर नीतिमा व्यवसायीहरु अभ्यस्त नभइसकेको हुँदा शुरुमै दण्डात्मकभन्दा पनि चेतामूलक अभियानमा जोड दिन आग्रह गरेका छन ।
पछिल्लो समय आएका अनिवार्य व्यक्तिगत अस्थायी लेखा नम्बर, सामाजिक सुरक्षा ऐन, भेहिकल एण्ड कन्साइन्मेन्ट ट्याकिंग सिष्टम, समान ढुवानीमा मूल्य अभिवृद्धि करलगायतका विषयमा थुप्रै व्यवसायीहरु अनविज्ञ रहेको भन्दै यस्तो आग्रह गरेका हुन ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा भएको परिवर्तित कर नीति तथा करशिक्षा सम्बन्धित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रमका सहभागीले यस्तो आन्तरिक राजस्व कार्यालय सुर्खेतसंग सुझावसहितको आग्रह गरेका हुन ।
कतिपय व्यापारीहरु औपचारिक शिक्षाका साथै करशिक्षा र अनुभवको अभावका बीचपनि व्यवसाय सञ्चालन गरेर राज्यलाई कर तिरिरहेको जिकिर गर्दै उनीहरुले शुरुमै कानूनी डण्डा चलाउनुभन्दा जागरुक बनाउने कार्यमा जोड दिन सुझाव दिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरुले नियतवश नभई अञ्जानमा कानूनको भागीदार बनिरहेको जिकिर गर्दै नियमितजसो परिवतर्न हुने करनीतिका कारणपनि व्यवसायीहरु समस्यामा परिरहेको उल्लेख गरे ।
यस्तै संघका कोषाध्यक्ष भद्र भण्डारीले व्यवसायीहरु बद्मास नै हुन्छन भन्ने पूर्वाग्रहीपूर्ण सोचका कारणपनि व्यवसायीहरु राज्यसंग त्रसित हुनुपर्ने अवस्था विद्यमान रहेको गुनासो गरे ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख भूमिराम शर्माले सुर्खेत लगायत यस प्रदेशका व्यवसायीहरुले देखाएको इमान्दारिताकै कारण आप्mनो कार्यालय देशभरकै उत्कृष्ट कार्यालय बन्न सफल भएको जानकारी दिए ।
अघिल्लो आ. वमा १ अर्ब १ लाखको लक्ष्य रहेकोमा १ अर्ब ३५ करोड राजस्व संकलन भएको जानकारी दिंदै उहाँले यो आवमा १ अर्ब ८९ करोडको लक्ष्य पाएको उल्लेख गर्नुभयो ।
देशभरका ३८ वटा आन्तरिक राजस्व कार्यालयमध्ये हामी सबैभन्दा प्रथम हुन सफल भयौं, प्रमुख कर अधिकृत शर्माले भने, ‘यो सबै तपाइँहरुको इमान्दारिता र राज्यप्रतिको जिम्मेवारीवोधकै कारण सम्भव भएको हो ।’
प्रमुख कर अधिकृत शर्माले यसो भनेर व्यापारीहरुको प्रशंसा रहँदा सहभागीहरुले पनि ताली बजाएर उक्त कार्यको प्रशंसा र समर्थन गरेका थिए ।
संघका सचिव रामप्रसाद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष लगायत विभिन्न व्यापारी व्यवसायीहरुको सहभागिता रहेको थियो ।