Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

आगलागी हुँदा दुई घरमा क्षति

सुर्खेत ।

सुर्खेतको मेहलकुनामा आगलागी भएको छ । गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आगलागी हुँदा दुई घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय तिर्थबहादुर बुढाथोकी घरबाट सुरु भएको आगो प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट अनुमानित १२ देखि १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए ।
खाना पकाउने क्रममा ग्याँसको लिकेजका कारण आगलागी भएको बताइएको छ । उनले भने, ‘आगलागीको खबर पाउन साथ भेरीगंगा नगरपालिकाबाट दमकल पठाइएको थियो जसका कारण पनि आगो नियन्त्रणमा लिन सहयोग पुगेको थियो ।’