Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

आधिकारीक डिलर संचालनमा

सुर्खेत ।

वीरेन्द्रनगरमा निशान तथा डयाट्सन ब्राण्डका गाडीको आधिकारीक डिलर संचालनमा आएको छ । कर्णाली सरकारका आर्थिक मामीला मन्त्री प्रकाश ज्वालाले आज एक कार्यक्रमका विच डिलरको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सफल व्यावसायी बन्न टिमवर्क आवश्यक रहेको बताए । टिममा काम गर्न नसक्दा नेपालीहरु पछि परेको उल्लेख गर्दै उनले प्रतिष्पर्धाको भावनामात्र नराखी अघि वढ्न व्यावसायीलाई सूझाव दिए । ढुक्क भएर व्यावसायमा लाग्नुस मन्त्री ज्वालाले भने ‘प्रदेश सरकारले कानुनी प्रक्रियामा बाधा पु¥याँउदैन ।’
उनले कर्णालीले पनि विस्तारै विकासमा फड्को मार्दै गरेको र भविस्य उज्वाल रहेको धारणा राखे । कर्णाली गरिव हो भन्ने भनाई लाई आधुनिक संरचना उपलव्ध हँुदा विकासको मोडल स्थापित हुने उनको भनाई थियो ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन वहादुर रावतले निशान कम्पनी स्थापनाले अटोमोवाईलका लागी काठमान्डौ नै जानुपर्ने बाद्ययता हटेको बताए । संघका महासचिव लक्ष्मण कडेलले विदेशी सामानको करको दायर वढी भएकोले नेपाली ले महंगो गाढी चढ्नुपरेको बताए । ड्याडसन कम्पनीको सस्तो सस्तो मुल्यको गाढी उपलव्ध भएको संचालक सैयद अनुगर अलिले दावी गरे । जापानीज कम्पनी निशानले बजारमा ल्याएको गाडीको मूल्य २५ लाख भन्दा बढी पर्ने र ड्याडसन ब्राण्डका गाडीको मुल्य २५ लाख भन्दा कम पर्ने अलिको भनाई छ । १८५ एम एम डयाडसन मा र २१० एमएम हाईट निशान गाडीमा रहेको बताए । संचालन आएलगत्तै ६ ओटामा गाडी कम्पनीले विक्रि गर्न सफल गरेको छ ।
सुर्खेतमै सुविधान सम्पन्न ग्यारेजको अवधानरण अघिसारेको कम्पनीले जनाएको झण्डे साढे ४ करोडको लगानीमा डिलर संचालनमा आएको हो ।