Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

लार्भा खोजी र नष्ट अभियान

सुर्खेत ।

डेंगु रोग फैलिनबाट वचन वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालयले सचेतनामुलक कार्यक्रम गरेको छ । वडाका विभिन्न टोल विकास संस्थाको सहयोगमा शनिवार सचेततामुलक कार्यक्रमको आयोजना गरेको हो ।
वडा नम्बर ६ भित्रका विभिन्न स्थानहरुमा पुगेर नागरिकहरूलाई डेंगु फैलुनका कारण र बच्ने उपायबारे जानकारी गराएको ६ नम्बर वडा कार्यालयका अध्यक्ष मोतिप्रसाद कंडेलले बताए । उनका अनुसार नागरिकहरूका घर वरिपरि रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्न, टायर तथा फुलका गमलाहरूको पानी घोप्ट्याउन आग्रह गरिएको छ भने डेंगु रोगका कारण, लक्षण तथा यसबाट बच्ने उपायहरु समेत बताइएको छ ।
वडा अध्यक्ष कंडेलले भने, ‘वीरेन्द्रनगरको सबै भन्दा धेरै जनघनत्व भएको वडा भएकोले यहाँ कुनै रोग फैलिएमा त्यसको नियन्त्रणमा समेत कठिनाई हुने भएकोले हामीले रोगबाट बच्नका लागि चेतनामूलक कार्यक्रम गरेका छौ ।’
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत, वातावरण सुधार समाज, वीरेन्द्रनगर नगरपालिकाको शहरी विपद् खोजिम व्यवस्थापन परियोजना मार्फत कार्यक्रम गरिरहेको वडा नं. ६ का कम्प्यूटर सहायक रेखा केसीले बताइन् ।