Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

कानून मिच्ने छुट कसैलाई छैनः प्रदेश ट्राफिक प्रमुख

सुर्खेत ।

कर्णाली प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी रामेश्वर प्रसाद यादवले कानून मिच्ने छुट कसैलाई नभएको बताएका छन् । प्रहरी हेडक्वाटरबाट कर्णाली प्रदेशमा सरुवा भएर आएपछि पहिलो पल्ट पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘कर्णाली प्रदेशलाई ट्राफिक व्यवस्थापनको क्षेत्रमा नमुना बनाउन सक्नु पर्दछ । ताकि अरु प्रदेशले पनि यसबाट केही सिक्ने मौका पाउन् ।’

बजार क्षेत्रलगायत विभिन्न स्थानहरुमा जनचेतना मूलक बोर्डहरु राख्नु पर्ने, पोष्टहरुको व्यवस्थापन गर्नुपर्ने, बजार क्षेत्रमा पार्किङ्गलाई व्यवस्थित गर्नु पर्नेलगायतका कार्यहरु गर्ने एसपी यादवले बताए । उनले भने, ‘मुख्य चुनौतिको रुपमा रहेको अटोलाई व्यवस्थित गर्नका लागि कर्णाली प्रदेशमा रहेको यातायात कार्यालयले चालक अनुमति पत्रको वितरण गर्न आवश्यक छ ।’ बिना चालक अनुमति पत्र कसैलाई पनि सवारी चलाउने छुट नभएको बताउँदै उनले थपे, ‘यस सम्बन्धमा सम्बन्धित निकायहरुसँग छलफल गरेर प्रक्रिया अगाडि बढाउने प्रयास गर्छु ।’

चालु आर्थिक बर्षको दुई महिनामा कर्णालीमा सवारी दुर्घटनापरी १७ जनाले ज्यान गुमाएका छन । ४२ वटा सवारी दुर्घटनमा सुर्खेतमा मात्र १२ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश ट्रफिक प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । दुई महिनाको अवधिमा कर्णालीका १० जिल्लामध्य सबै भन्दा धेरै दुर्घटना सुर्खेतमा भएको ट्रफिक प्रहरीको तथाङक रहेको छ । सवारी दुर्घटनामा मोटरसाईकल, टेम्पो, माईक्रो जिप र कार बढि दुर्घटनामा पर्ने गरेको प्रहरीको तथाङकमा उल्लेख गरिएको छ ।

यसैबीच कर्णालीमा गत आर्थिक बर्षमा मात्रै १ सय १९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । पछिल्लो समय अघिल्ला वर्षहरुको तुलना सवारी दुर्घटना बढ्दो क्रममा रहेको प्रहरीको तथाङक रहेको छ । आर्थिक बर्ष २०७२÷७३ मा ५३ जनाको मृत्यु भएको थियो भने २०७३÷७४ मा १ सय १७ र २०७४÷७५ मा ९१ जनाले ज्यान गुमाएका थिए ।

यसैगरि कर्णाली प्रदेश चालु आ.व. को साउन महिनामा २३ वटा सवारी साधन दुर्घटना भएका छन् भने ५ जनाको ज्यान गएको छ । त्यसैगरी भदौमा १८ सवारी साधन दुर्घटना भएका छन् भने १२ जनाको ज्यान प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनु्सार साउन र भदौमा १० –१० जना सख्त घाइते भएका छन् भने सामान्य घाइते हुनेको संख्या साउनमा ३० र भदौमा ३९ रहेको छ । सवारी दुर्घटनाका कारण साउनमा १ पशुचौपायाको ज्यान गएको थियो भने भदौमा ३ पशुचौपायाको ज्यान गएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालु आ.व. को साउन महिनामा ९९ लाख ६४ हजार २ सय राजश्व संकलन गरेको थियो भदौ महिनाको ३० गतेसम्म १५ लाख ८५ हजार राजश्व संकलन भएको छ । यो महिनाको सबै रेकर्ड आइ नसकेकोले राजश्व कम देखिएको चुमानसिंहको भनाई छ । यसैगरि चालु आ.व. को भाद्र ३० गतेसम्म मापसेमा १ सय १ जना कारवाहीमा परेका छन् भने १ लाख १ हजार राजश्व संकलन भएको जनाइएको छ ।

आ.व. २०७४÷०७५ मा ४१ हशजार ५ सय ९३ सवारी साधन कारवाहीमा परेका थिए भने २ करोड ३६ लाख ७७ हजार राजश्व संकलन भएको थियो । गत आ.व. २०७५÷०७६ को तथ्याँकलाई हेर्दा ५८ हजार ३ सय ४१ सवारी साधन कारवाहीमा परेका थिए भने ३ करोड ३८ लाख ८८ हजार ५ राजश्व संकलन भएको थियो । यसरी हेर्दा कारवाहीमा पर्ने सवारी साधनको संख्या र राजश्व संकलनमा समेत बृद्धि भइरहेको ट्राफिक कार्यालयको तथ्याङ्क छ ।