Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सहकारी एकिकरण गर्न कार्यदल गठन

सुर्खेत
जागरण एफ. एम. सञ्चालक जागरण बहुउद्देश्यीय सहकारी संस्था र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्थाबीच दुई महिनाभित्रै एकिकरण हुने भएको छ । दुवै सहकारीले समय तोकेरै एकिकरणका लागि कार्यदल गठन गरेका हुन् ।

आज भएको जागरणको १२ औँ वार्षिक साधारणसभाले पूर्ण प्रसाद पौड्याल, टिकाराम आचार्य, धना जिसी र समाज जागरण केन्द्र (स्याक) नेपालको अध्यक्ष पदेन सदस्य रहनेगरी निर्णय गरेको छ ।

यसअघि हातेमालोले पनि सावित्रा कुमारी पौडेल, शोभा कुमारी तिवारी र चन्द्रा भट्टराई गौतम सम्मिलित कार्यदल गठन गरिसकेको छ ।
दुवै कार्यदललाई दुई महिनाभित्र एकिकरणको विषय टुँग्याउन साधारणसभाबाट समय दिइएको छ ।

सरकारले देशभर रहेका करिव ३६ हजार सहकारीलाई ५ हजारको संख्यामा झार्नेगरी नयाँ नीति लिएको छ । सरकारले समान उद्देश्य बोकेका एउटाभन्दा धेरै सहकारीमा एउटै व्यक्ती संलग्न हुने हुँदा आशातित् उपलव्धी हाँसिल हुन नसक्ने निश्कर्ष सरकारले निकालेको छ ।
सुर्खेतमा भने पहिलो पटक यी दुइवटा सहकारीहरु एकिकरण हुन लागेका हुन् । यस्तै, ‘जनताको आवाज’ नाराका साथ सञ्चालित जागरण एफ. एम. स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।  वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारणमा रहेको जागरण एफ. एम.ले स्थापना दिवसको अवसरमा विभिन्न सन्देशमुलक कार्यक्रम गरेको हो । एफ. एम. सञ्चालन गर्ने संस्था जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औँ वर्षिक साधारणसभा तथा एघारौँ वर्षिक उत्सवमा बोल्दै सँस्थापक अध्यक्ष टिकाराम आचार्यले जागरण एफएमले थप जनताको आवाजलाई बुलन्द रुपमा समेटदै अघि बढ्न सुझाव दिदै आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै जागरण एफएमका पूर्व स्टेसन मेनेजर तथा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले विकासमा सञ्चारमाध्यमको मुमीका धेरै रहेको बताउनुभयो ।  आगामी दिनको लागि बनाइएका रेडियोका योजना प्रभावकारी भएको भन्दै यसको कार्यान्वयन गरी सफलता हासिल गर्न शुभकामना उहाले दिनुभयो ।  सहकारी विकासको एउटा खम्बा भएको भन्दै आफ्नो गाउँपालिका ४ वटा विकासको खम्बालाई आधार बनाई अगाडी बढेको बताउनुभयो ।  जागरण एफएमको संचालक संस्था जागरण वहुउद्देश्यीय सहरकारी संस्थाका अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बार्षिक योजना प्रस्तुत गर्दै कर्णालीका रेडियोहरुसँगको सहकार्यलाई अझै मजबुत बनाउने बताउनुभयो ।

उहाले सामुदायिक रेडियो प्रशारक संघको प्रदेश स्तरिय आधिकारिक नेटवर्कको रुपमा अगाडी बढाइने बताउनुभयो । संस्थाको आन्तरिक तथा जागरण नेटवर्कमा आवद्ध रेडियोहरुको क्षमता सिवकासका कार्यक्रम संचालन गरिने उद्घोष गर्दै जनतासँग जनप्रतिनिधि, स्कुल स्कुलमा र सहकारी जागरणलाई निरन्तरता दिने उहाले बताउनुभयो ।

उहाले जागरण अनलाइन पत्रिकालाई दर्ता गरिने बताउदै बिज्ञापन उजेन्सी दर्ता गर िसंचालनमा चाँडै ल्याइने बताउनुभयो । समान उद्देश्य बोकेका सहकारी एकिकरण हुन आवश्यक रहेको भन्दै जागरण र हातेमालो महिला वहुउद्देश्यीय सहकारी संस्था एकीकरण भएर कर्णालमिै पहिलो सन्देश दिने उहाँको भनाई छ । नेपाल पत्रकार महासंघका कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले मिडियाहरु एकरुपता भई अघि बढ्न आग्रह गर्नुभयो ।  प्रत्रकार महासंघका सुर्खेत शाखा अध्यक्ष गणेसकञ्चन भारतीले कर्णाली प्रदेशमा अन्य मिडीया भन्दा पनि धेरै रेडियोहरुले समाजलाई तानेको बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश भरका रेडियोहरुले राजनैतिक पार्टी सँग संलग्न सामाग्री भन्दा पनि जनताको पक्षधारमा सामाग्रीहरु प्रशारण गर्न आग्रह गर्नुभयो ।  जागरणको पारदर्शी रुपमा सुचना प्रवाह गरी समुदायका व्यक्तिहरुमा माझ सुचना र सञ्चारमा पहुँच वृद्धि गर्ने प्रमुख उद्देश्य रहेको एफएमका स्टेशन म्यानेजर दिपेन्द्र ओलीले जानकारी दिनुभयो ।  यस्तै, १२ औ साधरणसभा र स्थापना दिवसको अवसरमा रेडियोलाई योगदान गर्ने ६ जनालाई पुरस्कृत गरिएको छ ।  पुरस्कृत हुनेहरुमा स्थापना कालमा विधान मस्यौदा समितितका संयोजक गोपीकृष्ण ढकाल, तदर्थ समितिका अध्यक्ष ओपप्रकाश सुवेदी, संसथापक अध्यक्ष टिकाराम आचार्य, पुर्व अध्यक्ष खगेन्द्र प्रसाद साप्कोटा रहनुभएको छ ।  यसैगरी, बर्ष उत्कृष्ट कर्मचारीको रुपमा नन्द कठायत र उत्कृष्ट बिज्ञापन दाताको रुपमा मदन कुमार काफ्ले पुरस्कृत हुनुभएको छ ।