Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

प्रतिष्ठानको अध्यक्षमा बुढा

सुर्खेत ।
कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको प्रथम अधिवेशनले राम बहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमितिको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो ।

Image may contain: 5 people, people standing

समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया कार्की, प्रथम उपाध्यक्षमा अभिशेक अनुराग, द्वितीय उपाध्यक्षमा मोहन विक्रम शाही, महिला उपाध्यक्षमा तुलसी शाही, सचिवमा रेशम वली, कोषाध्यक्षमा रेखा कोइराला, सह सचिवमा सुकदेव अधिकारी र तेजेन्द्र गिरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा अर्जुन प्रसाद सुवेदी, ज्ञान बहादुर नेपाली, धन बहादुर घर्ती, कुल बहादुर वली, रङ्ग विरही कार्की, सृजना परियार, केशर थापा, जसेन परियार र याम थापा चयन भएका छन् भने कलाकार हरि विष्ट मानार्थ सदस्य रहेका छन् ।