Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

विकासभन्दा विनास बढ्दै

दैलेख ।

दैलेखको भगवतिमाई गाउँपालिका वडा नं ५ कट्टीमा रहेको एक वडा नै पहिरोको जोखिममा रहेको छ । गाउँपालिकाले डोजर मार्फत निर्माण गरेको सडकका कारण उक्त गाउँ जोखिममा परेको हो । सडक निर्माणको क्रममा डोजर प्रयोग गरेको र डोजरले छिया छिया पारे भूमिलाई लगातार परेको वर्षाले थिलोथिलो पारेपछि गाउँ नै बग्ने सम्भावना बढेकाले सथानीय त्रसित छन् ।
दैलेखमा लगातार ५ दिनदेखि निरन्तर वर्षा हुँदा करोडाँैको लगानी गरेर निर्माण गरिएका बाटोहरु बगेका छन् । डोजर चालक नै इन्जिनियर बनेर निर्माण गरिएका यस्ता बाटाहरु अहिले प्योग विहिन अवस्थामा छन् । यस अघिको आर्थिक बर्षमा मात्र दैलेखका स्थानीय तहले एकदेखि दुई करोडसम्म रकम खर्च गरेर निर्माण गरेका बाटो अहिले पहिरोमा परिणत भएका छन् । विकास गर्ने नाउँमा कमिसन खाने र सडक खन्दा भौगोलिक अवस्थालाई ख्याल नगरी सडक निर्माण गर्दा आफूहरु सधैं पहिरोको मारमा पर्ने गरेको स्थानीयहरुले दुखेसो पोखेका छन् ।

दैलेख सदरमुकामबाट अन्य पालिकाहरुमा जाने सडकहरु पनि अवरुद्ध भएका छन् । नारायण नगरपालिका र नौमुले जोडने सडक अबरुद्ध पछि गाउँपालिकाको पहलमा बाटो खोलिएको नौमुले गाउँपालिकाले जानकारी दिएको
छ । यता नारायण नगरपालिकाबाट भगवतिमाई गाउँपालिका जोडने सडक मध्य पहाडी सडकमा धेरै ठाउँमा पहिरो खसेको कारणले पिज गरेको सडक समेत उप्किएको छ ।


भगवतीमाई गाउँपालिकाका सबै वडामा खनिएका सडकका अधिकांश स्थानहरुमा पहिरो गएको देखिन्छ । मध्यपहाडी लोकमार्गको कारण वडा नं ४ को मन्घरमा पहिरो जाँदा जैसिङ बुढाको १२ मुरी खेत बगाएको छ । सडक धेरै ठाउँमा अवरुद्ध भएको र सडक खुलाउन वडा कार्यालयबाट सक्दो सहयोगसँगै पहल भइरहेको वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । मध्यपहाडी सडक ४ नं. वडा हुँदै जाजरकोटसम्म पुग्ने भएकाले अरु सडकभन्दा यस सडकमा पहल गर्नु परेको वडा अध्यक्ष थापाको भनाई छ । भगवतीमाई गाउँपालिकाका सबै वडा कार्यलयमा पुग्ने सडक निर्माण गरिएपनि हाल कुनै पनि वडामा सबारी साधन पुग्न
सक्दैनन् ।

वडामा भएका सवारी साधन समेत वडामै रहेका छन् । पहिरोले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको वडा नं ५ का वडा अध्यक्ष कृष्ण बहादुर शाहीले जनाकारी दिए । वडा नं ६ मा बर्षाको कारणले धेरै घरमा सामान्य क्षेति भएको छ भने सडकहरु खनेको हो वा पहिरो गएको चिन्न समेत नसकिने स्थिति रहेको वडा नं ६ का वडा अध्यक्ष बिरशंकर रोकायाले बताए । निर्माण कार्यमा स्थानीय, प्रदेश र संघीय गरि तीन तहको नै संलग्न रहेको सडकमा करिब ३० करोडसम्म गतवर्ष मात्र लगानी गरिएको देखिन्छ । वर्षाले यो सडकमा गरिएको सबै लगानी बालुवामा पानी सरह बनाइदिएको छ । हचुवाको भरमा घर घरमा सडक पु¥याउनु, सडकमा मात्रै लगानि गर्नु, अत्याधिक मात्रामा डोजरको प्रयोग, सडकमा नालीको निमार्ण नगर्नुले सधँैका वर्षमा जस्तै यो वर्ष पनि सडकको लगानी बालुवामा पानी जस्तै भएको हो । दुई वर्ष अगाडि मध्य पहाडि सडकको कारणले गर्दा भगवतीमाई गाउँपालिका वडा नं ४ को एक गाउँनै जोखिमा रही २२ वटा घर विस्तापित समेत भएका थिए भने खेतीयोग्य जमिन समेत विनाश भएको थियो । उक्त पहिरोमा परेकाहरुले राहतका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिनु परेको थियो ।