कर्णाली प्रदेश सरकारले पनि मनायो संविधान दिवस
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरि संविधान दिवस मनाएको छ । २०७२ साल असोज ३ गते नेपालको वर्तमान संविधान घोषणा भएको थियो । त्यसै उपलक्ष्यमा राष्ट्रिय दिवसकोा रुपमा संविधान दिवस मनाईएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

संविधान दिवसको अवसरमा भएको औपचारिक कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान बमोजिम जनताका आकांक्षाहरु पूरा गर्न नसकेको बताए । उनले भने संविधान बनाउने क्रममै बाधा अड्चनहरु शुरु भएका थिए भने यसलाई कार्यान्वयन गर्ने क्रममा पनि निकै सजिला अप्ठ्याराहरु छन् । त्यसलाई चुनौति र अवसरका रुपमा लिएर संविधान बमोजिम जनताका हक र अधिकारको सुनिश्चित गर्ने जिम्मेवारी पूरा गर्नुछ ।






















