डेंगुका कारण नेपालीको ज्यान गयो
सुर्खेत ।
डेंगुको कारण भारतमा एक नेपालीको ज्यान गएको छ । भारतको राजकोटमा मजदुरी गर्न गएका एक नेपालीको डेंगुको कारण ज्यान गएको हो । ज्यान जानेमा सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७ सिम्तिगैरा निवासी २१ वर्षिय नोखिराम नेपाली रहका छन् ।
डेंगु रोगका कारण २ हप्ता देखि उपचारार्थ नेपालीको शुक्रबार राती मृत्यु भएको राजकोट अस्पतालले जनाएको छ । नेपालीको आफन्त खुमबहादुर सार्कीका अनुसार ५ महिना अघि मजदुरीकोलागि नेपाली भारतको राजकोट स्थित एक होटलमा मजदुरी गर्न पुगेको थिए । आफ्ना आमा बुवा देखि छुट्टीएर नोखिराम २ वर्षीया छोरी र श्रीमतीलाई पालन पोषणका लागि आवश्यक खर्चको गुजाराका लागि मजदुरीको लागि ५ महिना अघि भारत गएका थिए । नेपालीको लासलाइ रकमको जोह गरि नेपाल ल्याउने तयारी भैरहेको नेपालीका आफन्त लोकराज नेपालीले जानकारी दिए ।






