Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

एक सय पन्ध्र भागवद गीता दान

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजन भएको १०८ भागवत महायज्ञमा १ सय १५ थान भागवत गीता पुस्तक दान गरिएको छ । राधाकृष्ण सर्वेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको उक्त महायज्ञमा अखण्ड मध्यपश्चिम आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद यामबहादुर बिसीका पिता शेरबहादुर बुढा र माता बाली बुढाले आफ्ना स्वर्गीय पुत्र सहिद याम बहादुर बिसीको आत्माको चीरशान्तिका कामना गर्दै उक्त पुस्तकहरु दान गरेका हुन् । भागवत र गीता पुस्तक र ती पुस्तकका लागि ६९ हजार ५ सय ७५ बराबरको पुस्तक दान गरिएको शेरबहादुर बुढाले बताए ।

उक्त १०८ भागवत महायज्ञमा १०८ ब्राम्हण र १०८ कर्ता भएर संकल्प गर्ने र १०८ ब्राम्हणहरुले भागवत गीता पाठ गर्दै नेपालमा शान्तिको कामना गर्ने बताइएको छ । कार्तिक १ गतेदेखि ९ दिनसम्म संचालन हुने उक्त यज्ञमा पण्डित पुरुषोत्तम उपाध्यायले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ । विहान ६ बजेदेखि १२ बजेसम्म पाठ परायण र दिउँसो १ बजेदेखि ५ बजेसम्म कथा प्रचवन गरिने अष्टोत्तर शत (१०८) श्रीमद भागवत सप्ताह भक्ति ज्ञानात्मक सत्संग समारोह आयोजक समितिले बताएको छ ।