सफा सुर्खेत अभियानमा खटे : प्रजिअ अधिकारी
सुर्खेत ।
‘हामी सबैको रहर सफा, स्वच्छ, वीरेन्द्रनगर निर्माणका लागि तपाईको नेतृत्व हाम्रो हामी बनाउँछौं वीरेन्द्रनगर राम्रो’ नाराका साथ सफा सुर्खेत अभियानमा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी आफै खटेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको केन्द्रमा रहेको वडा नं. ६ लाई प्राथमिकतामा राखेर पूर्ण सरसफाइ अभियान संचालन भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र सुर्खेत उद्योग वाणिज्य संघको सहकार्यमा वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ को संयोजनमा सुरु भएको अभियान अन्तर्गत शुक्रबार वीरेन्द्रनगरको मुख्य बजारमा सरसफाइ अभियान संचालनमा प्रमुख जिल्ला अधिकारी आफै खटेका हुन् ।

एकातिर तिहाइ नजिकै आउनु अर्कोतिर सफा सुर्खेत अभियान संचालन हुनु सँगसँगै भएको छ । जसले गर्दा वीरेन्द्रनगर बजार साँच्चिकै सफा मात्र देखिएको छैन तिहारका लागि बिक्रीमा राखिएका सामग्रीहरुले सुन्दर पनि देखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, ६ नं. वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु, विभिन्न टोल विकासका प्रतिनिधिहरु, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरु, स्थानीयहरुलगायतको सहभागीता रहेको उक्त सफा सुर्खेत अभियानमा वीरेन्द्रनगर नगरपालिकाका अन्य वडाका जनप्रतिनिधि, नगर प्रमुख र उपप्रमुख तथा प्रमुख प्रकाशकीय अधिकृतको सहभागीता रहेको थिएन ।
आफैले उत्पादन गरेको फोहोरलाई आफैले व्यवस्थापन गर्न सकेमा सफा सुर्खेत अभियान सफल पार्न कुनै आइतबार भने कुर्नु पर्दैन । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ प्रमुख व्यापारिक केन्द्र पनि भएकोले यहाँ विभिन्न खालका फोहोरहरु उत्पादन हुनु स्वभाविक भएपनि फोहोर उत्पादकले नगरपालिका तथा अन्य निकायको भर पर्दै त्यसको उचित व्यवस्थापन नगर्ने गरेका कारण फोहोर समस्याको रुपमा देखा परेको हो ।

आफ्नो घर, पसल अगाडिको नालाको भागमा समेत सफा गर्ने हो र अरुलाई पनि फोहोर गर्न नदिने हो भने नगर सफा राख्नका लागि नगरपालिका र वडा नं. ६ को वडा कार्यालयले खर्चिने लाखौ बजेट समेत जोगिने थियो ।
वडा नं. ६ ले सबैसँग नगर सफा राख्नका लागि अनुरोध समेत गरेको छ । वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेलका अनुसार वडा कार्यालयले आफनो व्यवसाय कोठाभित्रमात्र सञ्चालन गरांैं फुटपाथमा व्यवसाय नगरौं । फुटपाथमा कुनैपनि त्रिपाल, साइनबोर्ड होडिङ बोर्ड झुण्डाउने वा राख्ने कामा नगरौं । घर तथा व्यवसायिक (पसल) स्थलबाट निस्किएको फोहोर संकलनका लागि गाडी आउने समयमा मात्र व्यवस्थित तरिकाले फोहोर बुझाऔ । घर तथा पसलबाट निस्कएको फोहोरलाई नाली एवं सडकमा नफालौ, आगो लगाइ नजलाऔ, सफाई टोलीलाई तोकिएको समयमा व्यवस्थित तरिकाले बुझाऔ । प्रत्येक घर वा पसल, घुम्ती, ठेला व्यवसायी अगाडि स्वयं घरधनी र व्यवसायीले अनिवार्य डस्विनको व्यवस्था गरि फोहोर डस्विन मै पाmल्नु पर्नेछ । सार्वजनिक सवारी साधनहरुमा अनिवार्य डस्विन राखि संकलन भएको फोहरलाई निर्धारित स्थानमा राखौं । आफ्नो घर तथा पसल अगाडिका नालाहरु सफा राखौं । निर्माण सामाग्रीहरु सडक एवं फुटपाथमा नराखौ राख्न परेमा वडा कार्यालय सँग अनुमति लिएर राखौ । बजारको मुख्य सडकमा, ठेलामा तथा सडकका चोकहरुमा तरकारी, फलफुल, चाट एंव डोको व्यवसाय सञ्चालन नगरौ । आफ्ना चौपायहरुलाई छाडा नछोडौ । पशुपंक्षी पालन गर्दा कसैलाई असर नगर्ने गरी गरौ । घरको छतको पानी सडकमा खसाल्ने कार्य पुर्ण रुपमा बन्द गरौ । बजारका सडकमाा मोटरसाईकल, गाडी ठेला, साईकल जस्ता सवारी साधन तोकिएको स्थानमा मात्र पार्किङ गरौ । व्यवसायिक रुपमा खसि बोका कटान गर्दा बधशालामा मात्र कटान गरौ, तोकिएको स्थानमा मात्र मासु बिक्रि वितरण गरौ । खुल्ला रुपमा मासु बिक्री नगरौ । कुहिने नकुहिने फोहरलाई सेग्रिकेशन गरि कुहिने फोहोरलाई मल बनाई कौशिखेति तथा हरियाली प्रवद्दन गरौ । प्रत्येक घरधुरीका परिवार तथा पसल व्यवसायीहरुले वीरेन्द्रनगर नगरपालिका ६ नं. वडा कार्यालयको फोहर व्यवस्थापन कार्यविधि २०७५ को दफा १० को उपनियम (१) को अनुसुचि उल्लेख भए बमोजिम स्वीकृत गरेको सरसफाई शुल्क अनिवार्य बुझाऔ । अनुगमनका क्रममा नियमित सफा र स्वच्छ रहेको घर, पसल तथा टोललाई पुरष्कृत तथा सम्मान गरिने कार्याक्रम मा आजै देखि सहभाी बनौ जस्ता अनुरोध गरेको छ ।

वडा कार्यालयले गरेको अनुरोधलाई अटेर गरेमा घरको छत एंव पेटीभन्दा बाहिरको सामग्री, फुटपाथमा राखिएको त्रिपाल, साइनबोर्ड, होडिङ बोर्ड न.पा. ले उठाई लैजाने एंव जरिवाना गर्ने । फोहरमैला कार्यविधि २०७५ तथा फोहरमैला एन २०६८ बमोजिम कर्वाही गरिनेछ । फोेहरमैला कार्यविधि, २०७५ तथा फोहरमैला एन २०६८ बमोजिम कार्वाही गरिनेछ । सफा र स्वच्छ नगरको अभिभारा प्रत्येक नागरिकको बोध गर्ने घर, व्यवसायीहरुलाइ सम्मान तथा पुरष्कृत गरिने । जाम भएका नालाहरु खोल्ने कार्य वडा तहबाट गर्ने र सफा घर, पसललाई पुरष्कृत गरिने । अनुमति नलिएका सामाग्री वडाको सिफारिसमा न.पा. ले उठाई लैजाने र जरिवाना गर्नेछ । सामाग्री उठाई लैजाने र जरिवाना गर्ने । जथाभावि पार्किङ गर्नेलाई ट्राफिक कार्यालयले जरिवना गर्नेछ । जथाभावी बध गर्नेलाई दण्ड जरिवाना गर्ने र साामान न.पा. ले समाई जरिवाना गर्नेछ । वातावरणमैत्री तथा पुर्ण सरसफाईको सुचक पुरा गर्ने अभियानमा संलग्न घरधुरी तथा टोललाई सम्मान तथा पुरष्कृत गरिने, व्यक्तिले मासिक रुपमा सरसफाई शुल्क नबुझाउने वा अटेर गरेमा वडाबाट प्रवाह गरिने सेवा सुविधा समेतमा रोक लगाई फोहरमैला कार्यविधि, २०७५ तथा फोहरमैला एन २०६८ बमोजिम कार्वाही गरिनेछ । फोहरमैला व्यवस्थापन कार्यविधि तथा एन विपरित कार्य गर्नेलाई सोही कार्यविधि तथा एन बमोजिम दण्ड तथा सजाय हुने बताइएको छ । राम्रो गर्नेलाई पुरस्कार अटेरी गर्नेलाई जरिवाना गरेर पनि सफा सुर्खेत अभियानलाई सफल पार्ने वडा अध्यक्ष कंडेलले बताए ।




यसका साथै जिल्ला प्रशासन कार्यालयले प्रकाशकीय अधिकृत उत्तम शर्माको नेतृत्वमा बजार अनुगमनलाई पनि तिब्रता दिएको छ ।






