Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुर्खेत काँक्रेबिहार यातायात प्रा लि. मा दुई एयर बस थप

सुर्खेत ।
सुर्खेत काँक्रेबिहार यातायात प्रा लि.मा सुबिधा सम्पन्न दुई एयर बस थप भएका छन् । उक्त बस सुर्खेत काठमाडौं र काठमाडौं सुर्खेतसंचालन हुने बताइएको छ । कर्णाली प्रदेशमा यातायात पुगेका सबै जिल्ला तथा दिवा तथा नेपालगंन्ज, महेन्द्रनगर , धनगढी, दाङ दिवा सेवा संचालन गर्दै आएको आएको छ । प्रा. लि.मा हालसम्म गाडी संख्या १३२ गाडि संख्या रहेकोमा थप ५ वटा एयर सस्पेनसन पुष मसान्तसम्म संचालनमा आउने गरि प्रक्रिया सकिएको प्रा.लि. का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।

गाडी दिल्लीमा निर्माण भइरहेका छन् । कर्णाली प्रदेशको पहाडी जिल्लालाई मध्यनजर गर्दै, दुई महिना भित्र २१ गाडी थपिने बताइएको छ । उक्त गाडि थपिए पछि प्रा.लि. मा १६० गाडी संख्या पुग्ने र यात्रीलाई सहज हुने विश्वास प्रा.लि. ले लिएको छ ।


।२०७७ को दशै लाई मध्यनजर गर्दै थप सुविधाजनक गाडी भित्र्याउने महत्वपूर्ण कार्यदिशा तयार गरिएको बताइएको छ । सुर्खेत काँक्रेबिहारको नाम संग मिल्दोजुल्दो नाम संग नझुक्किन अनुरोध सहित दिपावली तथा छठ पर्वको शुभकामना समेत प्रा.लि. का अध्यक्ष सापकोटाले व्यक्त गरेका छन् ।