बझाङ केन्द्रविन्दु बनाएर भुकम्प
सुर्खेत ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ठूलो भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ७ : १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, सुर्खेत, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।
ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । ५ रेक्टर स्केलमाथिको भूकम्प महसुस भएको हो । बझाङ्को पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
७ बजेर १५ मिनेटमा भुकम्प गएको हो ।बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा महशुस गरिएको थियो ।






