Loading... आजः २९ श्रावण २०८३, शुक्रबार । Friday 14th August 2026

जन नमुनाको प्रअ मा पुनः श्रेष्ठ

सुर्खेत ।
सुर्खेतको पुरानो माध्यमिक विद्यालय जन नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुनः याम बहादुर श्रेष्ठ नियुक्ती भएका छन् । श्रेष्ठ पाँच वर्षको लागि पुनः प्रअमा नियुक्ती भएका हुन् । यस भन्दा अगाडि ७ वर्ष उनले प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालिसकेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाका अनुसार श्रेष्ठ यस पटक पूर्णकालिन प्रध्यानाध्यापकमा नियुक्त भएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा नगर शिक्षा इकाईका अधिकृत सदस्य र जिल्ला शिक्षा समन्वयले छनोट गरेको कम्तिमा उपप्राध्यापक तहको विज्ञ सदस्य रहेको तीन सदस्सीय समितिले गरेको सिफारिसको आधारमा उनलाई पूर्णकालिन प्रध्यानाध्यापकमा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको हो भने आज बुधबार नै तालुक कार्यालयहरुलाई कार्यार्थ परिपत्र गरिने अध्यक्ष कोइरालाले बताए ।

सुर्खेत जिल्लामै पहिलो पटक पूर्णकालिन प्रध्यानाध्यापकको नियुक्ती गरिएको छ । विद्यालयको प्रध्यानाध्यापकका लागि आव्हान गरिएको प्रस्तावनामा गरिएको मुल्याङ्नमा श्रेष्ठले ७० भन्दा बढि अंक प्राप्त गरेका थिए । उनले मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।
उनको कार्यकालमा विद्यालयले शैक्षिक प्रगतिका साथै भौतिक विकासमा समेत उल्लेख्य प्रगति गरेको छ । २००८ सालमा स्थापना भएको जन नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेशमै नमुना माध्यामिक विद्यालयको रुपमा चिनिन्छ ।