Loading... आजः २९ श्रावण २०८३, शुक्रबार । Friday 14th August 2026

हार्डवेयर पसलमा अनुगमन

सुर्खेत । वीरेन्द्रनगर सुर्खेत बजारमा रहेका हार्डवेयर पसलहरुमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नगरपालिका र घरेलु समितिले अनुगमन गरेको छ ।

आज गरिएको अनुगमनमा सरियामा कम्पनीले लगाएको ट्याग सिमेन्टका तौलहरुमा केही कमी र रंगहरुमा म्याद नाघेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अघिकृत उत्तम शर्माले बताउनुभयो ।

अनुगमन कै क्रममा ब्यापारीहरुले नगरपालिकामा बुझाउनु पर्ने राजश्व नबुझाएको पाइएको नगरपालिकाका धनबहादुर खत्रीले जानकारी दिनुभयो भने गुणस्तर नापतौल कार्यालय सुर्खेतका सहायक निरक्षक वि कले अनुगमन गरिएका अधिकाँस पसलले नापतौलका सामाग्री नवीकरण गरेको पाइएको बताउनुभयो ।

त्यस्तै घरेलु समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेले अनुगमनका क्रममा बाणिज्य कार्यालयमा समयमै गर्नुपर्ने नवीकरण गरेको पाएको बताउनुभयो ।

अनुगमनका क्रममा ३ दिन भित्र म्याद नाघेका सामाग्रीहरु हटाउन र गर्नुपर्ने नवीकरणहरु गर्न निर्देशन दिएको प्रशासकिय अधिकृत उत्तमप्रसाद शर्माले जानकारी दिनुभयो ।