Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

प्रादेशिक सहिद दिवसमा विदा

सुर्खेत ।

कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय सार्वजनिक भएको छ । गत कार्तिक १९ गते गरेका निर्णयहरु सार्वजनिक गर्दै कर्णाली प्रदेश स्थापना दिवस तथा प्रदेश स्थापनाका लागि प्राणको बलिदानी दिने शहिदहरुको सम्झनामा भाद्र ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी मन्त्री तथा सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।
यसै गरि प्रदेश सरकारको मन्त्री परिषदले माघे संक्रान्ति माघ १ गते, देउडा पर्ब तथा साउने संक्रान्ति श्रावण १ गते, भोट–ल्होसार र वकर इदको अवसरमा बिदा दिने निर्णय गरेको छ ।

यसैगरि वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माण र वीरेन्द्रनगर तेलपानी भूरीगाउँ सडक खण्डमा पर्ने सुरुङ्ग मार्गको संभाव्यता अध्ययनका लागि चीनको चिंदावो म्यूनिसिपाल कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडसंग नेपाल सरकार मार्फत अनुरोध गर्ने निर्णय गरिएको छ भने बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम संचालन कार्यविधि ,श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन , कर्णाली प्रदेश बिशेष अनुदान सम्बन्धी कार्यविधि २०७५ दोस्रो संशोधन, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका र कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली,स्वीकृत गरिएको निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् । यसैगरि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत नँया संरचना अनुसार जनशक्ति व्यवस्थापन गर्ने समेत निर्णय भएको बताइएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरिएको भेरी बबई डाईभर्सन बहुद्देश्यीय आयोजनाको बाधको दायाँ किनाराबाट थप जल विद्युत उत्पा दन गर्ने कार्यको संभाब्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाट नै तयार गरी कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने, भेरी वबई डाईभर्सन बहुद्देश्यीय आयोजनाको संचालक समितिमा प्रदेश सरकारको प्रतिनिधिको रुपमा भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशका सचिवलाइ तोकिएको निर्णय भएको बताएको छ । साथै २०७६ सालकार्तिक २९गते सम्पन्न कर्णाली प्रदेश सरकारको १५ औँ मन्त्रिपरिषद बैठकले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा आवश्यक पूर्वाधार निर्माण गरी संचालन गर्न सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सहमति दिने, कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ स्वीकृत गरेको छ भने ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ्ग र बिक्रि, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५ को प्रथम संशोधन स्वीकृत गरिएको निर्णय गरिएको प्रवक्ता केसीको
भनाई छ ।