Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

विद्यालयको हिरक महोत्सवसँगै धार्मिक महायज्ञ हुने

सुर्खेत ।
सुर्खेतको लेकबेशी नगरपालिका १ लेखफर्सामा प्राविधिक शिक्षा संञ्चालनको लागी धार्मिक महोत्सव हुने भएको छ ।
विधालयमा भेटेनरी र कम्युटर र्इ्न्जिनियर संञ्चालनको लागी यही मंसिर १४ देखी २० गतेसम्म लेखफर्सा शैक्षिक धार्मिक महोत्सव गर्न लागिएको हो ।


वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजक मुल समितिले धार्मिक महोत्सव गर्न लागेको जनाएको छ ।
महोत्सव मुल आयोजक समितिका संयोजक मोहन थापाले शैक्षिक प्राविधिक शिक्षालय स्थापनाका लागि रकम अभाव भएकाले सहयोग संकलनका गर्नको लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

साता व्यापीरुपमा सञ्चालन हुने महायज्ञमा संकलन भएको रकमबाट विधालयमा अक्षयकोष स्थापना गरेर विधार्थिहरुको पठनपाठनमा खर्च गरिने छ ।

आर्दश माध्यमिक विधालयको आयोजनामा हुने महायज्ञको लागि १ हजार ८ जनाको समिति गठन गरिएको छ ।
सातदिन सम्म सञ्चालन हुने महोत्सवको लागत खर्च १५ लाख लाग्ने अनुमान गरिएको छ भने महोत्सवमा करिव २ करोड रुपैया संकलन हुने अपेक्षा राखिएको राखिएको छ ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले लेखफर्सामा प्राविधिक कक्षाहरु सञ्चालन गर्न महायज्ञ संञ्चालन गर्नुपरेको संयोजक थापाले बताउनुभयो ।

महोत्सवमा कथावाचक पण्डित वन्धुराज खनालले प्रवचन दिने कार्यक्रम तय भएको छ भने अन्य कलाकारहरुको पनि विभिन्न प्रस्तुति रहने भएको छ ।

कार्यक्रममा लोक तथा दोहोरी गायक प्रजापती पराजुली,पशुपती शर्मा हास्यकलाकार सुरविर पन्डित,कलाकार कुलमान नेपाली लगायतको सहभागीता रहने भएको छ ।

महोत्वमा दैनिक १० देखी ४ बजे सम्म कथा प्रवचन,साँझ ६ देखी ९ बजे सम्म भजनकिर्तन तथा झाँकी प्रदर्शन गरिने भएको छ ।
ग्रामिण क्षेत्रका विधालयहरुमा आर्थिक अभाव धेरै हुनेभएकाले नै पहिलो पटक महायज्ञ संञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
महायज्ञको सुर्खेत क्षेत्रनम्बर १ का प्रतिनिधि सभाका सदस्य धुर्वकुमार शाहीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।