Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै

सुर्खेत ।

दैलेखमा माइक्रो बस (हाइस) दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा विरेन्द्रनगरनगरपालिका ३ सुर्खेतका ५७ वर्षीय थिरे सुनार, सानोश्री नगरपालिका ८ बर्दियाका २९ वर्षीय नामबहादुर बडुवाल र उनका पत्नी २७ वर्षीया कमला बडुवाल रहेको दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिए।

दुर्घटनामा चालकसहित १५ जना घाइते भएको डीएसपी ओलीले जानकारी दिए ।घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । विरेन्द्रनगर नगरपालिका १८ का चालक नरेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको ढाडमा चोट लागेको दैलेख प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुराँस गाउँपालिका ४ घोडाबास नजिकै दुर्घटना भएको थियो ।तीव्र गतिमा रहेको माइक्रो बस (हाइस) पानी भएको खाल्डो कटाउन खोज्दा अनियन्त्रीत भई दुर्घटना भएको चालक शाहीले प्रहरीसमक्ष बताएका छन् ।