Loading... आजः ३१ श्रावण २०८३, आईतवार । Sunday 16th August 2026

व्यसायिक कुखुरा पालक संघको अन्तरक्रिया

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कुखुरा व्यावसायि,एग्रोभेट, कुखुरा आपुतिकर्ता र नगरपालिका बिच अन्र्तक्रिया सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै कुखुरा व्यावसायिहरुले स्थानियस्तरमा कुखुरा उत्पादन लागत बढि हुने र बाहिरबाट अत्यन्तै सस्तो मुल्यमा आउने भएको ले किसानहरु विस्थापित हुनुपरेको बताएका छन्।

व्यावसायिक कुखुरापालक कृषक संघ का अध्यक्ष द्रोण ढकाल ले आपूर्तिकर्ता र एग्रोभेटले अधिपत्य जमाएर कुखुरापालक किसानलाई विस्थापित गर्न खोजेको आरोप लगाउनु भयो।

छलफलमा संघले वीरेन्द्रनगर नगरपालिका सामु लागत मुल्य निर्धारण गर्नुपर्ने,बाहिरबाट कुखुरा आयात गर्ने व्यापारीलाई करको दायरा मा ल्याउनुपर्न,कुखुरापालक किसानको साथै फ्रेस हाउसको यकिन तथ्यांक संकलन गर्नुपर्ने,कुखुराको चल्ला अनि चारोको मुल्य मा एकरुपता हुनुपर्ने लगायत हरेक वडामा एउटा बधशाला स्थापना गर्नुपर्न माग पेश गरेका हुन् ।

नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले नेपाल सरकारले अवलम्वन गरेको खुल्ला व्यापर नीतिका कारण बाहिरबाट आएको कुखुरा रोक्न नसकिने तर त्यस्ता व्यावसायिलाई करको दायरामा ल्याउन चाहिँ प्रष्ट पार्नुभयो।त्यस्तै उनले नगरभित्र कुखुरा वधशाला स्थापना गर्ने दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्ने बताए ।