Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

कोहलपुरमा आधा दर्जन गाडी तोडफोड, ४ राउण्ड अश्रुग्याँस फायर

कोहलपुर

कोहलपुरमा ट्रकले स्कुले बच्चा कुल्चीएपछि माहोल तनावग्रस्त भएको छ । आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थीलाई ठक्कर दिएको हो । ठक्करबाट बालिका गम्भीर घाईते भएकी छन ।

कोहलपुरमा आधा दर्जन गाडी तोडफोड, ४ राउण्ड अश्रुग्याँस फायर

घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गरेको छ भने आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड अश्रुग्याँस पायर गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ । कोहोलपुर बन्द भएका कारण अहिले कोहोलपुर हुँदै जाने चारै तिरका बाटाहरु बन्द भएका छन् । जसका कारण लामो तथा छोटो दुरीका यात्रीहरुलाई निकै सास्ती भएको छ ।