Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

रजत जयन्तिको अवसरमा रक्तदान

सुर्खेत ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालले रजत जयन्तिको अवसरमा रक्तदान गरेको छ ।

रजत जयन्तिको अवसर पारेर देशका २५ स्थानमा एकैसाथ रक्तदान गरेको बताइएको छ ।

रक्त अभावका कारण कोही कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको वीरेन्द्रनगर नगर समितिका सचिव लोकराज आचार्यले बताए ।

रजत जयन्तिको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

यसैगरि रजत जयन्तिकै अवसरमा मंसिर १३ गते आयोजना गरेको नगर स्तरीय हाजिरीजवाफ प्रतियोगीताको पुरस्कार समेत वितरण गरिएको बताइएको छ । कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य दौलतराज सुवेदीले भने, ‘राजनीतिक दल भन्दा माथि उठेर प्राज्ञिक परिषदले काम गरिरहेको छ ।’
संस्थाले विभिन्न सामाजिक क्षेत्रमा परोपकारका कामहरु गर्दै आएको छ । रक्तदान गर्नेहरुलाई सुर्खेत जिल्ला संयोजक वीरेन्द्र चौलागाईले धन्यवाद दिएका थिए ।