Loading... आजः २४ असार २०८३, बुधबार । Wednesday 8th July 2026
ताजा खबर
  

कोरियाको सीप परीक्षणमा ६ हजार ७ सय उत्तीर्ण

काठमाडौँ  ।

दक्षिण कोरियाको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली उत्तीर्ण भएका छन् । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए। जसमा १२ हजार १० जना भाषा उर्त्तीण भएका थिए। भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो। अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ।

कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन। कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरिएको हो। कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ।