बाल हिंसा बिरुद्ध सडक नाटक
दैलेख ।
जिल्लाको भगवतिमाई गाँउपालिका वडा न ६ मा रहेको एक विद्यालयमा ‘बाल हिसा’ बिरुद्ध सडक नाटक प्रदर्सनी गरिएको छ ।
शुक्रबार अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया, कारितास नेपाल र एकता फाउण्डेशन नेपालको आर्थिक सहयोगमा लालिगुराँस शान्ति बाल क्लव र पिपल चौतारी सान्ति युवा क्लवको सयुक्त आयोजनमा विद्यालय तथा समुदाय स्तरमा हुने बाल हिंसा विरुद्ध श्री ने. रा पिपल अधारभुत बिध्यालयमा सडक नाटक प्रदर्सनी गरिएको हो ।
सडक नाटक सहितको कार्यक्रममा स्वागत मन्तव्य राख्दै हरीसंकर रोकायले गाउँगाउँ तथा समुदाय लगाएत भिभिन्न ठाउँमा बाल हिंसा विरुद्ध यस्ता आलका कार्यक्रमले सकरात्मक प्रभाव पार्ने भएकोले यस्ता कार्यक्रमहरु संघ सस्थाले मात्र नभई स्थानिय सरकारले समेत गर्नुपर्ने कुरामा जोड दिए ।,
बाल सँरक्षण नितिको बारेमा कार्यक्रमको बिशेष अतिथि तथा एकता फाउण्डेशन नेपालको कार्यक्रम अधिकृत जनक अधिकारीले बालबालिकको हितको लागि सबै लाग्नु पर्ने र सँरक्षण हरतवरले गर्नु पर्ने बारेमा बताए । बालबालिका हरेक क्षेत्रम अपहेलित हुने र हिंसाम पर्ने गरेका छन । स्थानिय सँरक्षण समितिले चासोकासाथ लिनु पर्ने छ ।
त्यस्तै अब बिद्यालयको मात्रै हैन युवा क्लव ,वडाकार्यालय लगाएत गाँउपालिकले समेत बाल सँरक्षण नितिलागु गर्नुपर्ने कानुनमा उल्लेख उल्लेख गरिसकेको हुदा सबैले यसको पालना गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
सडक नाटकमा बिद्यार्थी, शिक्षक, जनप्रतिनिधि ,अविभावक सँघ सस्थाको प्रतिनिधि सहित करिब तिन सय ५० भन्दा बढिको शहभागिता रहेको र बिद्यालयमा बाल सँरक्षण नीति लागू गरि पालन गर्नकोलागि प्रतिद्धता सहित हस्ताक्षर गरिएको थियो ।






