Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

अपहरित अध्यक्ष शाहीको प्रहरीबाट उद्दार


सुर्खेत ।

विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जंगलबाट जंगलमा छाडेका हुन् ।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको अनलाइनखबरलाई बताए ।

यद्यपि, घटनामा कसैलाई पक्राउ गरिएरनगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए ।

केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो ।