Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

हिमालयन पर्माकल्चरमा चोरी

सुर्खेत ।

जैविक कृषि प्रणालीद्धारा कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित स्थापना भएको हिमालयन पर्माकल्चर केन्द्रको केन्द्रीय कार्यालयमा चोरी भएको छ ।

हुम्ला र सुर्खेत कार्यक्षेत्र रहेको सो कार्यालयमा कर्मचारी भर्नाका बेला भएको विवादले कार्यालय चोरी हुने सम्मको स्थिती आएको उक्त संस्थाका संस्थापक अध्यक्ष भुवन खड्काले बताए । उनले भने ‘संस्थामा नयाँ कर्मचारी माग भएका बेला सोही संस्थाका पुर्व कर्मचारी दिपक वुढाले पनि आवेदन दिएका थिए । तर उनि छनोट हुन सकेनन् । त्यसपछि परिस्थीति बदलियो । काम गर्ने वातावरण बनेन । कर्मचारी लाई समेत हातपात भयो । त्यसपछि कार्यालय छोडेर वीरेन्द्रनगरमा सम्पर्क कार्यालय स्थापना गरि काम गर्न थालिएको छ । सम्पर्क कार्यालय भदौ २० गते देखि वीरेन्द्रनगरमा खोलीएको छ ।’

कर्मचारी छनोटमा उत्पन्न विवादका कारण गत जेठ १ देखी संस्थामा तालाबन्दी भएको हो । ताला बन्दी भएपछि भदौ को २० गते वीरेन्द्रनगरमा कार्यालय खोलीएको सस्थापक अध्यक्षको भनाई छ ।

समुदायमा काम गर्न नसक्ने भएपछि संस्थाले कार्यालय सार्ने निर्णय ग¥यो । सोही अनुरुप कार्यालयमा पुग्दा सामान एउटा पनि सामान नदेखेको अध्यक्ष भुवन खड्काले बताए । कर्मचारी छनोटका क्रममा विवाद उत्पन्न गराउने दिपकले नै उक्त कार्यालयको सामान चोरी गरेको आरोप लगाएका छन । संस्थाका अध्यक्ष पुर्णमान पुलामिले पुस ९ मा विज्ञप्ती जारी गर्दै यस्तो निन्दनीय कार्य गर्ने गराउनेलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।