मिस्टर नेपालको उपाधि डा.सन्तोषलाई
सुर्खेत ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकी अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत रहेका डा.सन्तोष उपाध्याले मिस्टर नेपाल सन् २०१९ को उपाधि जितेका छन् । उनले बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन् । उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते ।
उनले मोटरसाइकल, नगद २५ हजारको साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिए ।
वरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।






